चोरीको समान तथा लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०७
- A
- A-
- A+
१. पर्सा,
विरगंज महानगरपालिका-११ श्रीपुर स्थितबाट चोरीको समानहरु सुन जस्तो देखिने धातुले
बनेको रानी हार थान-१,झुम्का थान-२, चाँदी जस्तो देखिने धातुले बनेको फ्रेम सहितको
फोटो मुर्ती थान-१ र NCELL
सिमकार्ड थान-८,NTC सिमकार्ड थान-१, Smart
Phone थान २ तथा अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १
ग्राम सहित १ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला
कलैया उप-महानगरपालिका-२३ घर हुने रुस्तम आलम अंसारीको छोरा अन्दाजी बर्ष १९ को
अजाद अंसारी रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी
टोलिले उक्त चोरीको समान तथा लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।