लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१६
- A
- A-
- A+
१.
बारा, सिम्रोनगढ नगरपालिका ३ भट्टीवैरीया
हनुमान मन्दिर पछाडिको फिल्डबाट अवैध लागूऔषध Tramadol 50 mg - १० पिस, BR05J7667
नं.को भारतीय मोटरसाईकल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रौनगढ ३ नयकाटोल बस्ने रामफल पटेलको छोरा
अन्दाजी बर्ष १९ को राधेश्याम पटेल र सोहि स्थान बस्ने कृष्ण प्रसाद यादवको छोरा
अन्दाजी बर्ष १८ को विकास यादव रहेका छन् । प्रहरी चौकी श्रीनगर वैरीयाबाट खटिएको
प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले अनुसन्धान गरिरहेको छ ।