हुण्डी कारोबारमा सलंग्न एक जना मानिस पक्राउ
२०८०-१२-०५
- A
- A-
- A+
१. विशेष सूचनाको आधारमा मिति २०८०।१२।०४
गते १४:३० बजेको समयमा जि. पर्सा विरगञ्ज म.न.पा.१६ दुर्गाहल पछाडीको गल्ली
सडकखण्डबाट एक जना शंकास्पद रूपमा हिडिंरहेका व्यक्तिलाई रोकी खानतलासी गर्दा जि. धनुषा
गणेशमान चारनाथ न.पा.६ हाल जि.पर्सा विरगंज म.न.पा.१६ बस्ने वर्ष ५० को रामबाबु
साह कलवारले बोकेको झोलामा लुकाइ छिपाई राखिएको रु.१,०००/- दरका नोट ३३५ थान, रु.५००/- दरका नोट ६८२ थान गरी जम्मा नेपाली रु. ६,८२,०००/-
(छ लाख बयासी हजार) र भारतीय प्रतिबन्धित रु.५००/- दरका नोट ५६ थान भारतीय रू.२८,०००/- (अट्ठाइस हजार) र विभिन्न बैंकहरूको चेकबुक-१९ थान, समेत फेला
परेको हुँदा निजलाई नियन्त्रणमा लिई जि.प्र.का.
पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,
२०७३ विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भैरहेको ।
निम्न :-
·
कृषि विकास
बैंकको चेक बुक- २ थान,
·
सानिमा बैंकको
चेक बुक-५ थान,
·
माछापुछ्रे
बैकको चेक बुक-२ थान,
·
NIMB बैंकको चेक बुक-२ थान,
·
मुक्तिनाथ विकास बैंकको चेकबुक-२
थान,
·
ग्लोबल बैंकको चेक बुक-३ थान,
·
प्राइम बैंकको चेक बुक-२ थान,
·
मेघा बैंकको चेक बुक-१ थान गरी जम्मा
१९ थान Oneplus
mobile-1, Readmi-1