फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०२-२१
- A
- A-
- A+
१.
बारा, लागु औषध गाँजा
मुद्दाको फरार प्रतिवादी जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. १९ ईनर्वा सिरा बस्ने बर्ष
४५ को मोजाहिर मिया र बर्ष ४८ को रुस्तम मन्सुरीलाई आईतबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट ईनर्वासिराबाट खटिएको प्रहरी टोलीले लागु
औषध गाँजा मुद्दामा जनही २ वर्ष ६ महिना कैद र रु. २०,०००/- (बीस हजार रुपैयाँ)
जरिवाना भएको दुवैजनालाई निजहरुकै घरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको छ ।