श्रोत नखुलेको भारतीय रुपैयाँ सहित मानिस नियन्त्रणमा
२०८१-०२-२४
- A
- A-
- A+
१.
महोत्तरी, जिल्ला महोत्तरी सम्सि गाउँपालिका १
गौशला-सम्सि सडक खण्डबाट स्रोत नखुलेको भारतीय रुपैयाँ रू.५००/- को नोट ४४२ थान
जम्मा २,२१,०००/- (दुई लाख एक्काईस हजार रुपैयाँ) सहित जिल्ला महोत्तरी सोनमा
गा.पा. २ बस्ने वर्ष ४१ को मुकेश कुमार यादव र जिल्ला महोत्तरी गौशाला न.पा. ११
बस्ने वर्ष ४१ को रमेश कुमार यादवलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सम्सी, महोत्तरीबाट खटिएको प्रहरी टोलीले सम्सीबाट गौशला तर्फ जाँदै
गरेको प्र.२-०२-००२ प.२९८३ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा उक्त रकम सहित
निजहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि उक्त रकम
सहित निजहरुलाई आन्तरिक राजस्व कार्यालय
पथलैया बारामा बुझाईएको छ ।