लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-१६
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका १६ ईनर्वा भन्सार मेनगेट स्थितबाट लागू औषध गाँजा ५ किलो ७२०
ग्राम सहित जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका ५ बस्ने बर्ष १८ को ईमताज आलम र देश
भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना भेलाही मुसहरवा वडा नं. २ बस्ने बर्ष २२
को नवरेज आलमलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र सशस्त्र
प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको संयुक्त चेकिङ्ग
टोलीले बिरगंजबाट रक्सौल तर्फ अटोमा जाँदै गरेको अबस्थामा चेकजाँच गर्दा उक्त लागू
औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।
२. पर्सा,
मिति २०८१।०३।१५ गते बिरगंज महानगरपालिका १६ पानी टंकी चोकको बाईपास सडक स्थितमा इलाका
प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर
तर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ह २११४ नम्बरको सिटी सफारीलाई रोकी चेकजाँच
गर्दा नाम, थर, वतन नखुलेको मानिसले पछाडी भिर्ने कालो झोला फाली फरार भएकोमा उक्त
झोला खोली हेर्दा ५ किलो ५०० ग्राम लागू औषध गाँजा फेला परेकोले उक्त लागू औषध
बरामद गरी थप अनुसन्धान कार्य भईरहेको छ ।
३. धनुषा, धनौजी गाउँपालिका ४ स्थितबाट
लागू औषध NITROVET-10 लेखिएको ट्याब्लेट ४
पिस र Spasmo- Proxyven- Plus लेखिएको ८ पिस ट्याब्लेट सहित जिल्ला
धनुषा जनकपुर उ.म.न.पा. १७ बस्ने वर्ष २८ को बिमलेश कुमार मण्डललाई शनिवार बिहान
प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै
गरेको प्र.२-०२-००२ प ५१५२ नं.को मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा उक्त लागू
औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
।
४. पर्सा, बिरगंज महानगरपालिका
१६ शंकराचार्य गेट स्थितबाट लागू औषध गाँजा १ के.जी. २५० ग्राम सहित देश भारत
मोतीहारी जिल्ला रामपुर ग्राम पंचायत वडा नं. ६ बस्ने वर्ष ६० को श्याम साहलाई
आईतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी
टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा निजलाई उक्त
लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।