लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०४
- A
- A-
- A+
जिल्ला, सर्लाही मरिनबाट लालबन्दी तर्फ लागू औषध
गाँजा ओसार पसार भईरहेको भन्ने विशेष
सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, लालबन्दीबाट र प्रहरी चौकी पत्थरकोटबाट पत्थरकोट-१३
चोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मरिनबाट लालबन्दी तर्फ आउँदै गरेको बा२०च
१७८२ नम्बरको बोलेरो पिकअप गाडी सहित चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका
नवलपुर बस्ने सिकिन्दर चौधरीको छोरा अन्दाजी वर्ष २५ को सुशिल चौधरीलाई
नियन्त्रणमा लिइ सवारी चेकजाँच गर्दा धानको भुस्साको बोरा मुनी लुकाइ छिपाइ राखेको
अवस्थामा रातो प्लाष्टिकमा प्याक गरी राखेको ४५ पोका अन्दाजी २४४ किलो ग्राम लागु
औषध गाँजा नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।