प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०१-०४

  • A
  • A-
  • A+
Share

जिल्ला, सर्लाही मरिनबाट लालबन्दी तर्फ लागू औषध गाँजा  ओसार पसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, लालबन्दीबाट र प्रहरी चौकी पत्थरकोटबाट पत्थरकोट-१३ चोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मरिनबाट लालबन्दी तर्फ आउँदै गरेको बा२०च १७८२ नम्बरको बोलेरो पिकअप गाडी सहित चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका नवलपुर बस्ने सिकिन्दर चौधरीको छोरा अन्दाजी वर्ष २५ को सुशिल चौधरीलाई नियन्त्रणमा लिइ सवारी चेकजाँच गर्दा धानको भुस्साको बोरा मुनी लुकाइ छिपाइ राखेको अवस्थामा रातो प्लाष्टिकमा प्याक गरी राखेको ४५ पोका अन्दाजी २४४ किलो ग्राम लागु औषध गाँजा नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१४

१.      धनुषा, गणेशमान चारनाथ नगरपालिका-२ राधापुर स्थितबाट अवैध लागूऔषध NITRAZAPAM TABLTES- २५० पिस  र SPASMO proxyvon plus-२४ पिस सहित १ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  धनुषा गणेशमान चारनाथ नगरपालिका-२ बस्ने ईन्दल महराको छोरा अन्दाजि बर्ष २० को दिपेश महरा रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिबास नगरपालिका-१४ लच्चका स्थितबाट अवैध लागूऔषध Nitrazepam tablets-२५८ पिस र Spasmo Proxyvon Plus-४२ पिस सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी बर्दिवास नगरपालिका-४ भप्सी टोल बस्ने जोगेन्द्र साहको छोरा बर्ष ३३ को जितेन्द्र साह, ऐ.ऐ. नगरपालिका-१४ बस्ने लोकेश पुर्वाछानेको छोरा बर्ष २६ को अनिष पुर्वाछाने मगर र सोही स्थानमा बस्ने हर्ष बहादुर भुजेलको छोरा बर्ष ३२ को रोशन भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सिरहा, गोलबजार नगरपालिका-६ गोलबजार टोल स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ३३० मिलिग्राम सहित १ जनालाई आइतबर राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका-६ बस्ने बेचन साहको छोरा अन्दाजि बर्ष २५ को शेखर कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०९

१.      बारा, फेटा गाउँपालिका-३ फेटाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९२० मिलिग्राम सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेटा गाउँपालिका-३ फेटा बस्ने मखन महतोको छोरा अन्दाजि बर्ष १९ को संदिप महतो रहेका छन् । इलाका प्रहरी कार्यालय छतवा बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिबास नगरपालिका-३ नापतौल गौरीडाडाँ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २४ मिलिग्राम र  Nitrazepam-३२ ट्याबलेट सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी सुरुङ्गा नगरपालिका-५ कुशहाटोल बस्ने अन्दाजि बर्ष ३२ को मो. रियाज रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सिरहा,  गोलबजार नगरपालिका-२ टुडकिया टोल स्थितबाट अवैध लागूऔषध गाँजा २० किलो ४०० ग्राम सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-२ टुडकिया टोल बस्ने गंगाराम साहको श्रीमती अन्दाजि वर्ष ४५ की गीता कुमारी साह रहेकी छिन् । प्रहरी चौकी मुक्सार र इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०८

  १.      पर्सा, विरगंज महानगरपालिका-१६ शखराचार्य गेट श्थितबाट अवैध लागूऔषध गाँजा ६ किलो १२ ग्राम सहित ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य बेतिया वडा नं. ३३ बस्ने अन्दाजि वर्ष ३५ को सफि आलम, सोही स्थानमा बस्ने वर्ष ३० को मुकिम मिया, सोही स्थान वडा नं.०९ बस्ने अन्दाजि वर्ष ३३ को बिनय ठाकुर र सोही स्थान वडा नं.२५ बस्ने वर्ष २८ को एकवाल मिया रहेका छन् । प्रहरी चौकी इनर्वा, पर्साबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नेपालबाट भारत तर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।