प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध खैरो ब्राउन सुगर सहित मानिस नियन्त्रणमा

२०८२-०१-१०

  • A
  • A-
  • A+
Share


धनुषा, बिदेह नगरपालिका-१ ठाडिझिझा स्थितबाट लागु औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ अन्दाजी-१२ ग्राम सहित मोटरसाईकल चालक जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-८ बस्ने संजय शर्माको छोरा अन्दाजी वर्ष २४ को ओमराज शर्मा र पछाडि सवार जिल्ला महोत्तरी  लोहारपट्टी नगरपालिका- ७ घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-६ पुलचोक बस्ने जिवछ ठाकुरको छोरा अन्दाजी वर्ष-२३ को रूपेश कुमार ठाकुरलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलीले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ज१३प १३३७ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा हेलमेटमा लुकाई छिपाई राखिएको खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धाण गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२८

१.      धनुषा, जनकपुर गप-महानगरपालिका-१० जानकी मन्दिर स्थितबाट लागूऔषध गाँजा २४० ग्राम सहित १ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत राज्य बिहार जिल्ला बैसाली थाना लालगंज बस्ने राजकपुर दासको छोरा अन्दाजि बर्ष ३० को पवन कुमार दास रहेका छन् । प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी, बलान बिहुल गाउँपालिका-०१ सेहरा चौक स्थितबाट वेवारिसे लागूऔषध गाँजा ५१.९९० किलोग्राम मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बिदेबर्साईन र प्रहरी चौकी मौवाहा सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध नियन्त्रण
२०८३-०६-२७

Ø बिरगंज,महानगरपालिका-१६ रजतजयन्ती चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम, ११० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८४० मिलि ग्राम चेकजाँच  गर्ने क्रममा भारत रक्सौल बाट नेपाल तर्फ पैदल आउँदै गरेको मकवानपुर हेटौडा उप-महानगरपालिका -१४ बस्ने विनोद कार्कीको  छोरा अ. बर्ष २६ को बिधान कार्कीलाई प्रहरी चौकी इनर्वा पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।Ø बिरगंज,महानगरपालिका-१६ सिर्सिया चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ६१० मिलिग्राम चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.१६ प ४०३५ नम्बरको मोटरसाईकल चालक बिरगंज महानगरपालिका वडा नं. १५ बस्ने दिगम्बर कुमार सिंहको  छोरा अ. बर्ष १९ को सिधान्त सिंह र सोहि मोटरसाईकलमा सवार  ए.ए. बस्ने अ. बर्ष १८ को सुरज पटेललाई इलाका प्रहरी कार्यालय छपकैया पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।Ø बाराको पचरौता नगरपालिका–६, चिकनी स्थित धानखेतबाट ५५ केजी गाँजासहित पचरौता नगरपालिका –३, रामनगर टोल बस्ने दिपलाल प्रसाद यादवको छोरा अं. बर्ष ४५ को राजकिशोर प्रसाद यादवलाई नियन्त्रणमा लिएको छ भने अन्य तीन जना फरार रहेकाले खोजतलास भइरहेको छ ।Ø बिरगंज,महानगरपालिका-१६ रजतजयन्ती चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम, २८० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८८० मिलि ग्राम चेकजाँच  गर्ने क्रममा भारत रक्सौल बाट नेपाल तर्फ पैदल आउँदै गरेको मकवानपुर हेटौडा उप-महानगरपालिका -०२ बस्ने रामलाल मानन्धरको छोरा अ. बर्ष २० को राजु मानन्धरको प्रहरी चौकी इनर्वा पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।  

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२७

१.      सिरहा, गोलबजार नगरपालिका-०१ बेरीवाण स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम, स ६ प ७३३७ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-१३ बस्ने जुगेश्वर यादवको छोरा अन्दाजि बर्ष १९ को सुरज यादव र सोही स्थानमा बस्ने दिनेश यादवको छोरा अन्दाजि बर्ष १९ को  श्यमबाबु कुमार यादव रहेका छन् । प्रहरी चौकी मुक्सार सिरहा र लागऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-०५ कल्याण्पुर स्थितबाट लागूऔषध गाँजा ९० किलोग्राम सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने हिरा यादवको छोरा बर्ष अन्दाजि ४३ को जगदिश यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेश्वरी सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।