प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, पर्सा गाउँपालिका ६ गाँउपालिका चोक स्थितबाट लागू औषध नाईट्राभेट ट्याब्लेट ४१ पत्तामा १२३० पिस, स्पाईस ७ पत्तामा १६८ पिस र सिनारेक्स १०० ml को १ बोतल सहित ब्रहम्पुरी गाउँपालिका ६ बस्ने बेचन राय यादवको छोरा बर्ष १९ को रबि कुमार यादव र सोही स्थान बस्ने सुनिल कुमार यादवको छोरा बर्ष २२ को राहुल कुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR-30-7016 नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.      धनुषा, मिथिला नगरपालिका ६ ढल्केबर बस्ने बर्ष ६८ को खिचडी बाबा भन्ने राम कुमार महतोको घरमा लागू औषध लुकाई छिपाई राखेको भन्ने बिषेश सुचनाको आधारमा सोमबार दिउँसो इलाका प्रहरी कार्यालय ढल्केबर र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजको घरमा लुकाई छिपाई राखेको लागू औषध गाँजा २७ के.जी., लागू औषध चरेस ३०० ग्राम, ने. रु. २८,५००/- (अट्ठाईस हजार पाँच सय रुपैयाँ मात्र), भा. रु. ११,१००/- (एघार हजार एक सय रुपैयाँ मात्र), तराजु २ थान, सो को ढक (१ के.जी.को १ थान र ५०० ग्रामको ३ थान) र लागू औषध गाँजा प्याक गर्ने प्लाष्टिकको थैली अन्दाजी २ के.जी. ५०० ग्राम सहित निज खिचडी बाबा भन्ने राम कुमार महतोलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
मोटरसाईकल सहित चोर (मानिस) पक्राउ ।
२०८३-०३-१२

१.      धनुषा, जनकपुर उपमहानगरपालिका ०९ स्थितबाट मधेश प्रदेश ०२-०१० प ५९०३ नम्बरको मोटरसाईकल चोरी गर्ने क्रममा मकवानपुर बागमती नगरपालिका ०३ बस्ने नन्दलाल तामाङ्गको छोरा अन्दाजी वर्ष २२ को प्रेम बहादुर तामाङ्गलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । काब्या अस्पताल अगाडि जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका ०६ बस्ने अन्दाजी बर्ष ३० को विजय कुमार यादवले पार्किङ्ग गरी राखेको स्थानबाट उक्त मोटरसाईकल चोरी गर्ने क्रममा वडा प्रहरी कार्यालय मुझेलियाबाट खटिएको प्रहरीले मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कटुवा पेस्तोलको गोली सहित मानिस पक्राउ ।
२०८३-०३-११

१.      सप्तरी, बलानबिहुल गाउँपालिका-३ टिकुलिया स्थितबाट गैर कानूनी कटुवा पेस्तोलको २ (दुई) राउण्ड गोली सहित १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने पाण्डव पासवानको छोरा अन्दाजी बर्ष ३२ को शुभाष पासवान रहेका छन् । प्रहरी चौकी बेल्ही सप्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले बेल्हीबाट टिकुलिया तर्फ जादै गरेको निज शुभाष पासवान माथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त २ (दुई) राउण्ड गोली फेला पारी गोली सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१०

१.      सिरहा, लक्ष्मीपुरपतारी गाउँपालिका-२ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन ४.०५ ग्राम, म.प्र. ०१-००५ प ०९२४ नम्बरको मोटरसाईकल सहित २ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-१० बस्ने अन्दाजी बर्ष २३ को मो. कलाम मन्सुरी र सोहि नगरपालिका ६ बस्ने अन्दाजी बर्ष २३ को आयुष भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध व्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले लदनियाबाट लहान तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूपदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, मिथिला नगरपालिका-७ ढल्केवरबाट अवैध लागूऔषध खैरो हेरोइन ८.४४० ग्राम, ज १३ प १३२८ नम्बरको मोटरसाईकल सहित धनुषा मिथिला नगरपालिका-१ लक्ष्मी निवास बस्ने ब्रहमदेव यादवको छोरा अन्दाजी बर्ष २३ को बिजय यादवलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले ढल्केवर बजारबाट बर्दिवास तर्फ जाँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०९

१.      पर्सा, बिरगंज महानगरपालिका-१४ गण्डक चोक स्थित चेकपोष्टबाट बिल बिजक फरक भएका खुद्रा सामानहरु सहित बा.प्र.०३-००१ ख ३३४६ नम्बरको मालवाहक ट्रक मिति २०८३ असार ०२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएकोमा उक्त ट्रकको सामानहरु राजश्व अनुसन्धान कार्यालय पथलैयाद्वारा चेकजाँच तथा भौतिक गणना गर्ने क्रममा खुद्रा सामानहरु बाहेक थप लागूऔषध Tramadol Hydrochloride Capsules (Tramodol-50) - १,२०,६२० (एक लाख बिस हजार छ सय बिस) पिस फेला परेको हुँदा उक्त मालवाहक ट्रक, सामानहरु र प्रतिबन्धित लागूऔषध सहित पुन: जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।