प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, पर्सा गाउँपालिका ६ गाँउपालिका चोक स्थितबाट लागू औषध नाईट्राभेट ट्याब्लेट ४१ पत्तामा १२३० पिस, स्पाईस ७ पत्तामा १६८ पिस र सिनारेक्स १०० ml को १ बोतल सहित ब्रहम्पुरी गाउँपालिका ६ बस्ने बेचन राय यादवको छोरा बर्ष १९ को रबि कुमार यादव र सोही स्थान बस्ने सुनिल कुमार यादवको छोरा बर्ष २२ को राहुल कुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR-30-7016 नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२.      धनुषा, मिथिला नगरपालिका ६ ढल्केबर बस्ने बर्ष ६८ को खिचडी बाबा भन्ने राम कुमार महतोको घरमा लागू औषध लुकाई छिपाई राखेको भन्ने बिषेश सुचनाको आधारमा सोमबार दिउँसो इलाका प्रहरी कार्यालय ढल्केबर र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजको घरमा लुकाई छिपाई राखेको लागू औषध गाँजा २७ के.जी., लागू औषध चरेस ३०० ग्राम, ने. रु. २८,५००/- (अट्ठाईस हजार पाँच सय रुपैयाँ मात्र), भा. रु. ११,१००/- (एघार हजार एक सय रुपैयाँ मात्र), तराजु २ थान, सो को ढक (१ के.जी.को १ थान र ५०० ग्रामको ३ थान) र लागू औषध गाँजा प्याक गर्ने प्लाष्टिकको थैली अन्दाजी २ के.जी. ५०० ग्राम सहित निज खिचडी बाबा भन्ने राम कुमार महतोलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०७

धनुषा, जनकपुर उपमहानगरपालिका ९ मुख्यमन्त्री कार्यालय स्थितबाट लागु औषध NATRAMP- ३ पतामा (३० पिस र २ पिस गरी जम्मा ३२ पिस), SPASMO- ३ पतामा (३० पिस), PRENURA- ३ वटा ट्याब्लेट र गाँजा जस्तो देखिने बस्तु अन्दाजी २/३ ग्राम सहित जिल्ला महोत्तरी बर्दिबास नगरपालिका २ गौरीडाँडा घर भई हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १ श्यामचोकमा डेरा गरी बस्दै आएको श्याम भुजेलको छोरा वर्ष २८ को संजय कुमार भुजेललाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिंङ टोलीले मधेश प्र.०२-००७ प ३७९८ नम्बरको स्कुटरमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८२-०३-०६

१.      सिरहा, कल्याणपुर नगरपालिका-४ स्थितबाट लेनदेन बिगो मुद्दामा १ वर्ष कैद तोकिएको फरार प्रतिबादी सोही स्थान बस्ने महाबिर यादवको छोरा अन्दाजी बर्ष ४० को धनबिर यादवलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, मिर्चैया नगरपालिका-६ स्थितबाट लेनदेन बिगो मुद्दामा १ बर्ष कैद भएको फरार प्रतिबादी सोही स्थान बस्ने जुगेश्वर यादवको छोरा अंदाजी बर्ष ५५ को बिजिन्द्र यादवलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा निजकै घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०३-०३

सिरहा, मिर्चैया नगरपालिका-५ white house स्कुल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० ग्राम सहित सोही स्थान बस्ने जिवछ साहको छोरा अन्दाजी बर्ष २० को राहुल कुमार साह, सुनिल साहको छोरा अन्दाजी बर्ष २१ को दिलिप कुमार साह र मिर्चैया नगरपालिका-६ बस्ने मिस्टर राकेश कुमार गिरीको छोरा अन्दाजी बर्ष २३ को बिशाल गिरीलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाँदा उक्त स्थानमा रहेको खाली घरमा निजहरुलाई लागु औषध सेवन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर गस्तो देखिने पदार्थ फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।