लागू औषध गाँजा जस्तो देखिने चिजवस्तु नियन्त्रणमा
२०८२-०२-०६
- A
- A-
- A+
१. सर्लाही,
लालबन्दी नगरपालिका-१४ स्थित डाइनी खोलाबाट लागू औषध गाँजा जस्तो देखिने बस्तु ११२.७८
किलो ग्राम सहित लालबन्दी नगरपालिका १४ बस्ने वर्ष ४२ को सोम बहादुर तामाङ्गलाई
सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको
छ । गोप्य सूचनाको आधारमा डाइनी खोलाबाट लागू औषध गाँजा ओसार पसार हुँदैछ भन्ने
खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट
खटिएको संयुक्त प्रहरी टोलीले डाइनी खोलामा रोकि राखेको BR
32 AN 0817 नम्बरको स्कारपियो गाडी र लु ३३ प ३८९४ नम्बरको 150CC
को पल्सर मोटरसाइकललाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध
फेला परेकोले लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । फरार रहेका लालबन्दी नगरपालिका
१४ बस्ने अन्दाजी वर्ष ३४ को भिम बहादुर वाइवा सहित नाम, थर, वतन नखुलेका अन्य २
जनाको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको छ ।