अफिम सहित मानिस नियन्त्रणमा
२०८२-०३-०३
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका वडा नं. १० रजतजयन्ति चोक
स्थितबाट लागु औषध अफिम जस्तो देखिने बस्तु सहित १ किलो २० ग्राम सहित मोटरसाईकल
चालक जिल्ला पर्सा पटेर्वा सुगौलि गाउँपालिका वडा नं. ६ बस्ने सत्य नारायाण राउतको
छोरा अन्दाजी वर्ष ३५ को रामेश्वर राउत र सोहि मोटरसाईकलमा पछाडि सवार ऐ.ऐ बस्ने
सीताराम गिरीको छोरा वर्ष अन्दाजी ४० को विनोद गिरीलाई मंगलबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । लागु औषध ब्युरो बिरगंजबाट र वडा प्रहरी कार्यालय बिर्ताबाट
संयुक्त चेकिङ टोलिले बसपार्क बाट रक्सौल तर्फ जादै गरेको ना. ४० प ६४६९ नम्बरको मोटरसाईकललाई
शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलको बिच भागमा समाती राखेको प्लाष्ट्रिकको
झोला भित्र खरानी रंगको टेपले बेरी लुकाई छिपाई ल्याउदै गरेको लागु औषध अफिम जस्तो देखिने बस्तु फेला पारी निजहरुलाई मोटरसाईकल सहित नियन्त्रणमा
लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।