लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-०४
- A
- A-
- A+
बारा, जितपुर सिमरा उप-महानगरपालिका-८
ईम्लिप्रति स्थितबाट लागु औषध गाँजा २२ किलो ग्राम सहित सोही स्थानको लोसण्डा
बस्ने भागिरथ सहनीको छोरा वर्ष ४५ को रामपुकार सहनीलाई मंगलबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र इलाका
प्रहरी कार्यालय सिमराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने
क्रममा निजलाई उक्त परिमाण बराबरको लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।