फरार प्रतिवादी नियन्त्रणमा
२०८२-०३-०७
- A
- A-
- A+
बारा, लागु औषध मुद्दामा १ बर्ष कैद र रु. ५,०००/- जरिवाना भएको फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका-८ बस्ने वुधन महत्तोको छोरा बर्ष ५० को शिव गोबिन्द महत्तो नुनियालाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई जितपुर सिमरा उपमहानगरपालिका १० वेहरा चोकबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।