प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०२-०६

  • A
  • A-
  • A+
Share


१.      पर्सा, पटेर्वासुगौली गाँउपालिका-४ भतौडा स्थित सडक खण्डबाट अवैध लागूऔषध १ किलोग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा जिराभवानी गाउँपालिका-२ परसवा बस्ने महन्थ मुखियाको छोरा अन्दाजि बर्ष ३८ को लक्षण मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      बारा, जितपुरसिमरा उप-महानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध Diazepam-१०४ पिस, Buprenrphine-१०३ पिस, pheneren-१०४ पिस गरि जम्मा ३११ पिस सहित १ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी पुर्बि चम्पारण रक्सौल अहिरवा टोल बस्ने अन्दाजि बर्ष १९ की शवलम खातुन रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई पथलैया बाट खटिएको प्रहरी टोलिले बिरगंज बाट हेटौँडा तर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ६६१९ नम्बरको गाडिलाई चेकजाँच गर्ने क्रममा निजलाई उक्त पदार्थहरु सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय सिरहा बारामा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      सिरहा, विष्णुपुर गाउँपालिका-०१ सिरहा-चौहर्वा सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २६ ग्राम १७० मिलिग्राम सहित ३ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा औरहि गाउँपालिका-४ बस्ने चन्द्र देव यादबको छोरा बर्ष ३२ को राम उदगार यादव, सिरहा नगरपालिका-२२ बस्ने सिब्रन यादबको छोरा अन्दाजि बर्ष ३६ को राम बिलेक्षण यादब र देश भारत जिल्ला मधुवनि पंचात ग्राम वडा नं.५ बस्ने शिबु कामतीको छोरा बर्ष २१ को चन्दन कामती रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय विष्णुपुर र लागूऔषध नियन्त्रण ब्यूरो गोलबजार सिरहाबाट खटिएको संयूक्त प्रहरी टोलिले सिरहाबाट काठमाण्डौं तर्फ जादै गरेको बा.प्र.-०३-००१ ख ३५३७ नम्बरको बसलाई बिशेष गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

४.      सप्तरी, सप्तकोशी नगरपालिका-०१ फत्तेपुर जुटपानी स्थितबाट अवैध लागूऔषध गाँजा १३ किलो २५० ग्राम सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी सप्तकोशी नगरपालिका-०९ कमलपुर बस्ने जगदिश यादवको छोरा वर्ष २१ को विजय कुमार यादव चौधरी रहेका छन् । प्रहरी चौकी फत्तेपुर सप्तरीबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-२८

१.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वाबाट वेवारिसे अवैध लागूऔषध गाँजा ७६ किलोग्राम बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवरी सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वा बस्ने जिवछ गोप यादवको छोरा अन्दाजि बर्ष ४४ को आनन्द कुमार यादवको गोठ घरमा उक्त लागूऔषध गाँजा लुकाई छिपाई राखेको अवस्थाबाट फेलापारी नियन्त्रणमा लिएको हो । फरार रहेको निज आनन्द कुमार यादवको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   सिरहा, लहान नगरपालिका-३ लहान बजार स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम १४० मिलिग्राम सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाउँपालिका-४ बेलही टोल घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-०३ बस्ने रजनीकान्त मण्डलको छोरा अन्दाजि बर्ष २३ को अजित कुमार मण्डल र सिराहा धनगढीमाई नगरपालिका-४ धनगढी बस्ने रामु चौधरी थारुको छोरी अन्दाजि बर्ष २४ की लक्ष्मी कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

अवैध सामान सहित ट्रक नियन्त्रणमा
२०८३-०२-२७

१.       सर्लाही, बागमति नगरपालिका १२ कर्मैया चेकपोष्टबाट अन्दाजी रु. ४५,४३,७१८ (पैतालिस लाख त्रिचालिस हजार सात सय अठार) मुल्य बराबरको बिल बिजक भन्दा फरक भएको मेडिसिन, टायर, स्पेर्यस पाटस,ड्रम वायर र हाडवेयर लगायतको खुद्रा सामानहरु सहित ना ८ ख ५७०२ नं. को डब्बा (ट्रक) मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको प्रहरीको टोलिले बिराटनगरबाट कास्की तर्फ जाँदै गरेको डब्बा रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित डब्बा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

 महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

१.      पर्सा, बिन्दावासिनी गाँउपालिका-०२ बहुअर्वाभाट्टा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-०४ सुगौली टोल बस्ने डोमा दास थारुको छोरा अन्दाजि बर्ष ४२ को गौरी शंकर प्रसाद थारु रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया चोक स्थितबाट अवैध लागूऔषध Nitrazepam-10 tab ६७ पिस, मधेश प्र. २-०२-००८ प.४६४९ नम्बरको मोटरसाइकल सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका-०३ बस्ने राम प्रसाद मंडलको छोरा अन्दाजि बर्ष  ३८ को अबध किशोर मंडल, सोही स्थानमा बस्ने अनरजित मंडलको छोरा अन्दाजि बर्ष २० को नितेश कुमार मंडल र सोही स्थानमा बस्ने राजिन्द्र मंडलको छोरा अन्दाजि बर्ष ३० को मेथुल कुमार मंडल रहेका छन् । प्रहरी चौकी ललिया धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।