प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०२-०५

  • A
  • A-
  • A+
Share


१.      रौतहट, चन्द्रपुर नगरपालिका ०४ ट्राफिक पोष्ट स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ६ ग्राम ३८० मिलिग्राम, बा १७ प ७४३८ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुली हरिहरपुर गाउँपालिका ०४ बस्ने प्रमोद जंग राईको छोरा अन्दाजी बर्ष ३० को अरुण जंग राई र रौतहट चन्द्रपुर नगरपालिका ०४ बस्ने हरिवजन कुशवारको छोरा अन्दाजी बर्ष ३६ को सन्देश कुश्वार रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट खटिएको ट्राफिक प्रहरीको चेकिङ्ग टोलिले निजगढबाट चन्द्रनिगाहापुर तर्फ आउदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागू पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

२.      धनुषा, धनुषाधाम नगरपालिका ०८ भिमान चोकबाट अवैध लागुऔषध TAPENTADOL Tablets 50mg - १७०० पिस, स्पासरेस्ट Tablets 100mg - १५९०पिस, TAPENTADOL Tablets 100mg - १२०० पिस, TRAMADOL Tablets 50mg - १०० पिस, TRAMADOL Anatram Tablets - २९ पिस, ANTIKOF Tablets - ५०० पिस, SPASPAIN Tablets - ५०० पिस र Spasmo Tablets 20mg - ३०० पिस सहित १ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका ०१ बस्ने श्याम बहादुर विश्वकर्माको छोरा अन्दाजी बर्ष ३४ को सन्तोष कुमार विश्वकर्मा रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलिले निजले संचालन गरेको औषधी पसल समिक्षा हेल्थ केयर प्रा.लि. र निजको घर मा खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-२८

१.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वाबाट वेवारिसे अवैध लागूऔषध गाँजा ७६ किलोग्राम बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवरी सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वा बस्ने जिवछ गोप यादवको छोरा अन्दाजि बर्ष ४४ को आनन्द कुमार यादवको गोठ घरमा उक्त लागूऔषध गाँजा लुकाई छिपाई राखेको अवस्थाबाट फेलापारी नियन्त्रणमा लिएको हो । फरार रहेको निज आनन्द कुमार यादवको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   सिरहा, लहान नगरपालिका-३ लहान बजार स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम १४० मिलिग्राम सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाउँपालिका-४ बेलही टोल घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-०३ बस्ने रजनीकान्त मण्डलको छोरा अन्दाजि बर्ष २३ को अजित कुमार मण्डल र सिराहा धनगढीमाई नगरपालिका-४ धनगढी बस्ने रामु चौधरी थारुको छोरी अन्दाजि बर्ष २४ की लक्ष्मी कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

अवैध सामान सहित ट्रक नियन्त्रणमा
२०८३-०२-२७

१.       सर्लाही, बागमति नगरपालिका १२ कर्मैया चेकपोष्टबाट अन्दाजी रु. ४५,४३,७१८ (पैतालिस लाख त्रिचालिस हजार सात सय अठार) मुल्य बराबरको बिल बिजक भन्दा फरक भएको मेडिसिन, टायर, स्पेर्यस पाटस,ड्रम वायर र हाडवेयर लगायतको खुद्रा सामानहरु सहित ना ८ ख ५७०२ नं. को डब्बा (ट्रक) मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको प्रहरीको टोलिले बिराटनगरबाट कास्की तर्फ जाँदै गरेको डब्बा रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित डब्बा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

 महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

१.      पर्सा, बिन्दावासिनी गाँउपालिका-०२ बहुअर्वाभाट्टा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-०४ सुगौली टोल बस्ने डोमा दास थारुको छोरा अन्दाजि बर्ष ४२ को गौरी शंकर प्रसाद थारु रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया चोक स्थितबाट अवैध लागूऔषध Nitrazepam-10 tab ६७ पिस, मधेश प्र. २-०२-००८ प.४६४९ नम्बरको मोटरसाइकल सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका-०३ बस्ने राम प्रसाद मंडलको छोरा अन्दाजि बर्ष  ३८ को अबध किशोर मंडल, सोही स्थानमा बस्ने अनरजित मंडलको छोरा अन्दाजि बर्ष २० को नितेश कुमार मंडल र सोही स्थानमा बस्ने राजिन्द्र मंडलको छोरा अन्दाजि बर्ष ३० को मेथुल कुमार मंडल रहेका छन् । प्रहरी चौकी ललिया धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।