प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०२-०४

  • A
  • A-
  • A+
Share


१.      पर्सा, विरगंज महानगरपालिका ३१ कटगेनवा टोलबाट अवैध लागूऔषध ब्राउन सुगर ८ ग्राम ३५ मिलिग्राम, ना ३९ प २५३२ नम्बरको मोटरसाइकल सहित २ जनालाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालिका ३२ बस्ने शेखर सिंहको छोरा अन्दाजी बर्ष २० को राहुल सिंह र बारा जितपुर सिमरा उपमहानगरपालिका ०७ बस्ने उमेश प्रसाद कलवारको छोरा अन्दाजी बर्ष १८ को नन्दन गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकि मिलनचोकबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      सिरहा, कर्जन्हा नगरपालिका ११ स्थितबाट बेवारिसे अवैध लागूऔषध गाँजा २७६ किलोग्राम शनिबार राति प्रहरीले फेला पारेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले कर्जन्हा नगरपालिकाको कार्यालय देखि ३०० मिटर उत्तर पश्चिम साईडमा रहेको मसला (भिस) को झारीमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      महोत्तरी, बर्दिबास नगरपालिका १४ रिसोना गल्लीबाट अवैध लागूऔषध Nitrazepam IP 10mg - ४७ पिस र Spasmo-  Proxyvon Plus - ११ पिस, बा ८७ प ६९८९ नम्बरको मोटरसाईकल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिका १४ बस्ने शुक्र बहादुर तामाङको छोरा अन्दाजी २५ को सन्दिप लामा र सर्लाही बागमति नगरपालिका ०४ घर भई हाल बर्दिबास नगरपालिका १४ बर्दिबास बजारमा डेरा गरि बस्ने भिम पुर्वछाने मगरको छोरा अन्दाजी १८ को भावेस मगर रहेका छन् । इलका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

४.      धनुषा, मिथिला नगरपालिका १० लालगढ सुनौलो बस्तीबाट अवैध लागूऔषध Tentadol 100 mg - ९२ पिस र स्पासरेस्ट - ८३ पिस सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिवास नगरपालिका ७ घर भई हाल धनुषा मिथिला नगरपालिका १० लालगढमा कोठा भाडा बस्ने बिर्ख बहादुर लिम्बुका छोरा अन्दाजी बर्ष ३० को विजय लिम्बु र अन्दाजी बर्ष २७ को मन कुमार लिम्बु र महोत्तरी बर्दिवास नगरपालिका ०१ बस्ने गोपाल बुढाथोकीको छोरा अन्दाजी बर्ष २८ को सुमन बुढाथोकी रहेका छन् । लागूऔषध बिक्रि वितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर, प्रहरी चौकी लालगढ र लागूऔषध ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले विजय लिम्बुको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

५.      सिरहा, सिरहा नगरपालिका १४ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ५ ग्राम ३०० मिलिग्राम, ज ४ प १३८८ नम्बरको मोटरसाईकल सहित २ जनालाई आइतबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा  सिरहा गोलबजार नगरपालिका ३ बस्ने हर्क कामीको छोरा अन्दाजी बर्ष ३१ को सरोज बि.क. र सोहि स्थान बस्ने शुक्र बहादुर तामाङको छोरा अन्दाजी बर्ष २६ को राजु लामा रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले माडरबाट सिरहा तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-२८

१.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वाबाट वेवारिसे अवैध लागूऔषध गाँजा ७६ किलोग्राम बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवरी सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वा बस्ने जिवछ गोप यादवको छोरा अन्दाजि बर्ष ४४ को आनन्द कुमार यादवको गोठ घरमा उक्त लागूऔषध गाँजा लुकाई छिपाई राखेको अवस्थाबाट फेलापारी नियन्त्रणमा लिएको हो । फरार रहेको निज आनन्द कुमार यादवको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   सिरहा, लहान नगरपालिका-३ लहान बजार स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम १४० मिलिग्राम सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाउँपालिका-४ बेलही टोल घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-०३ बस्ने रजनीकान्त मण्डलको छोरा अन्दाजि बर्ष २३ को अजित कुमार मण्डल र सिराहा धनगढीमाई नगरपालिका-४ धनगढी बस्ने रामु चौधरी थारुको छोरी अन्दाजि बर्ष २४ की लक्ष्मी कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

अवैध सामान सहित ट्रक नियन्त्रणमा
२०८३-०२-२७

१.       सर्लाही, बागमति नगरपालिका १२ कर्मैया चेकपोष्टबाट अन्दाजी रु. ४५,४३,७१८ (पैतालिस लाख त्रिचालिस हजार सात सय अठार) मुल्य बराबरको बिल बिजक भन्दा फरक भएको मेडिसिन, टायर, स्पेर्यस पाटस,ड्रम वायर र हाडवेयर लगायतको खुद्रा सामानहरु सहित ना ८ ख ५७०२ नं. को डब्बा (ट्रक) मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको प्रहरीको टोलिले बिराटनगरबाट कास्की तर्फ जाँदै गरेको डब्बा रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित डब्बा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

 महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

१.      पर्सा, बिन्दावासिनी गाँउपालिका-०२ बहुअर्वाभाट्टा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-०४ सुगौली टोल बस्ने डोमा दास थारुको छोरा अन्दाजि बर्ष ४२ को गौरी शंकर प्रसाद थारु रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया चोक स्थितबाट अवैध लागूऔषध Nitrazepam-10 tab ६७ पिस, मधेश प्र. २-०२-००८ प.४६४९ नम्बरको मोटरसाइकल सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका-०३ बस्ने राम प्रसाद मंडलको छोरा अन्दाजि बर्ष  ३८ को अबध किशोर मंडल, सोही स्थानमा बस्ने अनरजित मंडलको छोरा अन्दाजि बर्ष २० को नितेश कुमार मंडल र सोही स्थानमा बस्ने राजिन्द्र मंडलको छोरा अन्दाजि बर्ष ३० को मेथुल कुमार मंडल रहेका छन् । प्रहरी चौकी ललिया धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।