प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-२०

  • A
  • A-
  • A+
Share


सिरहा, लहान नगरपालिका-११ पडरीया टोल स्थित मिथलेश कुमार चौधरीको घरमा लागू औषधको कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले सोहि स्थान बस्ने वर्ष २८ को मिथलेश कुमार चौधरी र वर्ष २४ को राज नन्दन चौधरीलाई तलासी लिदाँ मिथलेश कुमार चौधरीको साथबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १०९ ग्राम, नगद रु.२,८४,७१०।-, भारतिय रु.१,२५०।- तथा सुन जस्तो देखिने तिलहरी थान-१, नेकलेश थान-१ समेत फेला परेको र राज नन्दन चौधरीको साथबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ९.६१ ग्राम, नगद रु.२,१००।- मोवाईल थान-१, डिजिटल तराजु थान-१ र कैँची थान-१ समेत बरामद गरी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।