लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१८
- A
- A-
- A+
१. महोत्तरी,
बर्दिवास नगरपालिका वडा नं. ८
क्वाटर चोकबाट EXIPLON-सिरफ
र ONEREX-सिरफ
नामक लागू औषध, ज.९ प ४४२१ र ज.१२ प ८२३ नम्बरको मोटरसाइकल सहित जिल्ला धनुषा
मिथिला नगरपालिका वडा नं. ९ बडहरी बस्ने बर्ष २५ को राजेश महतो र सोही स्थानमा
बस्ने अर्जुन महतोको छोरा बर्ष २० को रोहित कुमार महतोलाई सोमबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । बर्दिबास-जलेश्वर सडक खण्डमा इलाका प्रहरी कार्यालय बर्दिबास
र लागु औषध नियन्त्रण ब्युरो
शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले औरहीबाट बर्दिबास तर्फ जाँदै
गरेको उक्त सवारी साधनहरुलाई शंका लागि चेक जाँच गर्दा EXIPLON-
सिरफ१० बोतल, ONEREX-सिरफ
१६ बोतल लागू औषध र स्रोत नखुलेको नगद रू. ७८,६००/-
(अठहत्तर हजार छ सय रुपैयाँ) फेला परेकोले
निजहरुलाई लागु औषध र मोटरसाइकल सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।