सामान सहित डब्बा (ट्रक) नियन्त्रणमा लिएको सम्बन्धी
२०८३-०१-२२
- A
- A-
- A+
१.
सर्लाही, बागमति नगरपालिका -११ कर्मैया
चेकपोष्टबाट अन्दाजी रु. ४२,०७,४३४।- (बयालिस लाख सात हजार चार सय चौतिस) मुल्य
बराबरको बिल बिजक भन्दा बढी भएको हार्डवेयर, कस्मेटीक तथा किराना सामानहरु सहित ना
५ ख १३२७ नं. को डब्बा ट्रक सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय कर्मैयाको प्रहरीको टोलिले विरगंजबाट लहान तर्फ जादै गरेको डब्बा ट्रक
रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित
डब्बा ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान
कार्यालय पथलैया, बारामा पठाइएको छ ।