प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०२-१८

  • A
  • A-
  • A+
Share


१.      बारा, जितपुरसिमरा उप- महानगरपालिका-१४ खयरघारी स्थितबाट अवैध लागूऔषध गाँजा ४ किलो ४०० ग्राम सहित १ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उप-महानगरपालिका-१४ बस्ने बिक्रम स्याङ्तानको श्रीमती अन्दाजि वर्ष ४८ की मित्रा देवी स्याङ्तान रहेका छन् । अस्थाई प्रहरी पोष्ट डुमरवाना बाराबाट खटिएको प्रहरी टोलिले निजको घरबाट उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

२.      पर्सा, पकहा मैनपुर गाउँपालिका-०३ धोरे सिमाना स्थितबाट अवैध लागूऔषध गाँजा ११० किलोग्राम बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलबाट खटिएको प्रहरी टोलिलाई देख्नसाथ ५ जना पैदल यात्रीहरुले आ-आफ्नो टाउकोमा बोकी नेपालबाट भारत तर्फ लैजाँदै गरेको उक्त लागूऔषध फाली फरार भएकोले लागूऔषध बरामत गरी इलाका प्रहरी कार्यालय पोखरीया पर्सालाई जिम्मा लगाईएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

३.      पर्सा, बिरगंज महानगरपालिका-१६ मितेरी पुल स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई बिहिबार दिउँसो सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-१५ भिष्वा बस्ने लक्ष्मण लामाको छोरा अन्दाजि वर्ष २१ को बिनोद लामा र बारा कलैया उप-महानगरपालिका-१२ बस्ने कृष्ण क्षेत्रीको छोरा वर्ष २७ को सुनिल क्षेत्री रहेका छन् । भारतबाट नेपाल तर्फ आउदै गरेको निज पैदल यात्रीहरुलाई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बिर्ता पर्सालाई बुझाइएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

४.      सिरहा, बिष्णुपुर गाउँपालिका-०१ सोभापुरबाट अवैध लागूऔषध गाँजा ७३ किलो ३५० ग्राम सहित १ जनालाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा बिष्णुपुर गाउँपालिका-०१ सोभापुर बस्ने बिशेषर शर्माको छोरा बर्ष  ५६ को किशोरी शर्मा रहेका छन् । इलाका प्रहरी बिष्णुपुर सिरहाबाट खटिएको प्रहरी टोलिले निज किशोरी शर्माको गोठ घर चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

५.      सिरहा, गोलबजार नगरपालिका-०६ गुम्बा टोल स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८६० मिलिग्राम सहित १ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका-०६ बस्ने फुल कुमार मोक्तानको छोरा अन्दाजि बर्ष ४१ को आशमान लामा रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

६.      पर्सा, बिरगंज महानगरपालिका-१५ त्रिशुल चौक स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ०.६१ ग्राम सहित १ जनालाई शनिबार सिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-१५ बस्ने भिष्वा बस्ने सुमन साहको छोरा अन्दाजि बर्ष २१ को ऋतिक साह रहेका छन् । प्रहरी चौकी भिष्वागाउँ पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

७.      सर्लाही, ईश्वरपुर नगरपालिका-०८ रामपुर स्थितबाट अवैध लागूऔषध गाँजा ५५ किलोग्राम, बा.प्र.-०२-०६२ प ७०७३ नम्बरको मोटरसाइकल सहित १ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-११ हिरापुरटोल बस्ने मन राज लामाको छोरा अन्दाजि वर्ष २७ को थमबङ्ग लामा रहेका छन् । इलाका प्रहरी केशरगंज सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त लागूऔषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

८.      धनुषा, बिदेह नगरपालिका ०१ ठाडिझिझाबाट अवैध लागूऔषध ANTIKOF Tablate- ९२ पिस, SPASREST Tablate- ८२ पिस र TENTADOL 100- ७२ पिस, स ७ प ७६२३ नम्बरको मोटरसाईकल सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका १३ रघुनाथपुर बस्ने रफिक मिया कवारीको छोरा अन्दाजी बर्ष ३२ को नबिबुल रहमान रहेका छन् । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलिले उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

९.      पर्सा, जिराभवानी गाउँपालिका-०४ सुपौली चोक स्थितबाट अवैध लागूऔषध NITRAZEPAM TABLET-२६ पिस, ना २५ प ६५८१ नम्बरको मोटरसाईकल सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा . पर्सा पर्सागढी नगरपालिका-०७ बागेश्वरी तित्रौना बस्ने गम्भीरा राउत कुर्मीको छोरा अन्दाजि बर्ष २४ को मन्दिप राउत कुर्मी रहेका छन् । इलाका प्रहरी कार्यालय सेढवा र अस्थाई प्रहरी पोष्ट सुपौलीबाट संयूक्त खटिएको प्रहरी टोलिले उक्त लागू औषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

१०. सिरहा, सिरहा नगरपालिका-१५ बुधौला स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने  पदार्थ ३ ग्राम १४ मिलिग्राम, ज १० प ७६३७ नम्बरको मोटरसाइकल सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका-०६ बस्ने सुरज साहको छोरा अन्दाजि वर्ष १९ को सुजल शाह र सोही स्थानमा बस्ने जुडि साहको छोरा अन्दाजी वर्ष २३ को जय कुमार साह रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

११. सर्लाही, लालबन्दी नगरपालिका-१६भोरलेनी र परवानिपुरको बिचबाट वेवारिसे अवैध लागूऔषध गाँजा ५ किलोग्राम आईतबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट परवानिपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त वेवारिसे लागूऔषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०९

१.      पर्सा, बिरगंज महानगरपालिका-१४ गण्डक चोक स्थित चेकपोष्टबाट बिल बिजक फरक भएका खुद्रा सामानहरु सहित बा.प्र.०३-००१ ख ३३४६ नम्बरको मालवाहक ट्रक मिति २०८३ असार ०२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएकोमा उक्त ट्रकको सामानहरु राजश्व अनुसन्धान कार्यालय पथलैयाद्वारा चेकजाँच तथा भौतिक गणना गर्ने क्रममा खुद्रा सामानहरु बाहेक थप लागूऔषध Tramadol Hydrochloride Capsules (Tramodol-50) - १,२०,६२० (एक लाख बिस हजार छ सय बिस) पिस फेला परेको हुँदा उक्त मालवाहक ट्रक, सामानहरु र प्रतिबन्धित लागूऔषध सहित पुन: जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-०८

१.      पर्सा, विरगंज महानगरपालिका-१६ मितेरी पुलबाट अवैध लागूऔषध खैरो हेरोइन १.०९ मिलिग्राम, BR 05 R 4005 नम्बरको भारतीय ई-रिक्सा सहित भारत बिहार राज्य पुर्वी चम्पारण अहिर्वा बस्ने रामदेव पटेलको छोरा अन्दाजी बर्ष २१ को मोहित कुमार पटेललाई शुक्रबार अपराह्न प्रहरी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी इनर्वा र सिमा सुरक्षा गुल्म विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिवास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध Nitrazepaam Ip - ६ पिस, Antikof - २ पिस, Spasrest-१६ पिस र खाली खोल - २९ पिस सहित सोहि स्थानमा बस्ने निशल ठाडा मगरको छोरा अन्दाजी बर्ष २८ को बिकास ठाडा मगरलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिवास र लागू औषध ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ३.      महोत्तरी, सम्सी गाउँपालिका-४ स्थितबाट अवैध लागूऔषध NITZASCEN10 - २० पिस, मधेश प्रदेश ३-०४२ प ८३९२ नम्बरको मोटरसाईकल सहित महोत्तरी लोहारपट्टी नगरपालिका-६ बस्ने अन्दाजी बर्ष २० को सेराजुल कवाडिलाई शुक्रबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      धनुषा, धनौजी गाउँपालिका-०३ कटैया चोकबाट अवैध लागूऔषध Nitrazepam Tablet १० पिस, प्र.२-०३-०१७ प ६०१० नम्बरको मोटरसाईकल सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा हंसपुर नगरपालिका-१ मानसिपट्टी बस्ने अनिष मण्डलको छोरा अन्दाजी बर्ष २० को ओम मण्डल र सिताशरवण दासको छोरा अन्दाजी बर्ष २९ को सरोज दास, सोहि स्थानको मझोरा टोल बस्ने अन्दाजी बर्ष २० को गंगाराम कुमार दास र लक्ष्मी दासको छोरा अन्दाजी बर्ष १८ को दिपक कुमार दास रहेका छन् । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागू पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।५.      सप्तरी, बोदेबर्साईन नगरपालिका-९ स्वर्णपट्टीबाट अवैध लागूऔषध ब्राउन सुगर ३१.९१ ग्राम, स ७ प ८५२३ नम्बरको मोटरसाईकल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका-८ पोखरिया बस्ने लक्ष्मी नारायण चौधरीको छोरा अन्दाजी बर्ष ३८ को त्रिलोकी चौधरी र सोहि नगरपालिका ७ भङ्गाटोल बस्ने अरुण कुमार तातीको छोरा अन्दाजी बर्ष ३२ को सन्तलाल दास रहेका छन् । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय कडरबोना र प्रहरी चौकी देउरीबाट खटिएको संयुक्त प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाईकल चेकजाँच गर्दा लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।६.      धनुषा, जनकपुर उपमहानगरपालिका-१९ शिवपुरबाट अवैध लागूऔषध गाँजा १ किलो १०० ग्राम सहित बारा गढिमाई नगरपालिका-४ बस्ने रामराज महतोको छोरा अन्दाजी बर्ष ५० को राम कनाही महतोलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध बिक्रि वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी टोलिले उक्त गाँजा फेला पारी गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।७.      पर्सा, विरगंज महानगरपालिका-१६ रजतजयन्ति चौकबाट अवैध लागूऔषध ब्राउन सुगर १.३७ ग्राम (प्लाष्टिक सहित), ना ३४ प ९९६९ नम्बरको मोटरसाईकल सहित २ जनालाई आईतबार मध्याह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-०३ बस्ने कुरवान मन्सुरको छोरा अन्दाजी बर्ष १९ को तबरेज मन्सुर र सोहि स्थान बस्ने साजिर मन्सुरको छोरा अन्दाजी बर्ष १८ को कौसिक मन्सुर रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागु पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।८.      बारा, जितपुर सिमरा उपमहानगरपालिका-२१ छठियाघाट नजिकबाट बेवारिसे अवस्थाको अवैध लागूऔषध गाँजा १५ किलो ३०० ग्राम आईतबार बिहान प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाटो छेउमा बेवारिसे अवस्थाको राखेको झोला खोलि हेर्दा उक्त लागूऔषध गाँजा फेला पारेको ह । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।९.      धनुषा, नगराईन नगरपालिका-६ लग्मा स्थितबाट अवैध लागूऔषध SPASMO PROXYVON PLUS - १० पिस), प्रदेश २-०१० प २६११ नम्बरको स्कुटी सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका-०५ महेन्द्रनगर बस्ने अन्दाजी बर्ष ३९ को बाबुराम भुजेल र सोहि स्थान बस्ने अन्दाजी बर्ष ३६ को टिका बहादुर सार्की रहेका छन् । इलाका प्रहरी कार्यालय लग्माजटहीबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागु पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, सिरहा नगरपालिका-२१ लकडिगोठ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ९२.३० ग्राम सहित २ जनालाई आईतबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत वडा नं. २ जोगियाटोल बस्ने अन्दाजी बर्ष २८ को छोटु भन्ने रंजित कुमार पासवान र सोहि स्थान बस्ने अन्दाजी बर्ष १७ को रमन कुमार पासवान रहेका छन् । लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले मौखिक चेतावनी दिई आत्म समर्पण गर्नु भन्दा निज व्यक्तिहरुले ढुङ्गामुडा गरी भारत तर्फ भाग्न लागेकोले एक राउण्ड पेस्तोलबाट हवाई फायर गर्दा समेत निजहरुले ढुङ्गामुडा गरी भाग्न खोज्दा १ राउण्ड गोलि प्रहार गरी सोहि समुहका मुख्य व्यक्ति छोटु भन्ने रंजित कुमार पासवानको दाहिने खुट्टाको पिँडुलामा गोलि लागि घाईते बनाई उक्त लागु पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुन चाँदी जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-०८

१.      पर्सा, विरगंज महानगरपालिका-१६ रजतजयन्ति चौकबाट सुन जस्तो देखिने धातु ६६० मिलिग्राम र चाँदी जस्तो देखिने धातु २००.७४ ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत देश मध्य प्रदेश बहेराभाटा सालटेकुरी बालाधाट घर भई बिहार जिल्ला मोतिहारी रक्सौल ढंकन रोड डेरा गरी बस्ने सुकलाल उडंकेको छोरा अन्दाजी बर्ष २३ को बसंत उडंके, सोहि स्थान बस्ने जितु उडंकेको छोरा अन्दाजी बर्ष १८ को राजा उडंके र निजको भाइ अन्दाजी बर्ष १६ को बिशाल उडंके रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री माथि शंका लागि चेकजाँच गर्दा उक्त धातु सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध खरबुजाको बिउ सहित ट्रक नियन्त्रणमा ।
२०८३-०३-०८

१.      बारा, सिम्रौनगढ नगरपालिका -६ पावर हाउसबाट अन्दाजी रु. २२,९९,२३३.६०/- (बाईस लाख उनान्सय हजार दुईसय तेंतिस रुपैयाँ साठी पैसा) मुल्य बराबरको खरबुजाको बिउ सहित ना. ४ ख. ८३४१ नम्बरको ट्रक आईतबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त ट्रक रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका खरबुजाको बिउ फेला पारी उक्त सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।