स्याउ र गाडी सहित मानिस नियन्त्रणमा
२०८३-०२-१८
- A
- A-
- A+
१.
धनुषा, जनकनन्दनी गाउँपालिका-६ कठालबाट
अबैध भन्सार छली अन्दाजि मुल्य रु.३,००,०००।- (तिन लाख ) बराबरको स्याउ, चालक जिल्ला सिरहा मिर्चैया नगरपालिका-६ बस्ने अन्दाजि वर्ष ४५
को लाल बाबु साह
सहित प्रदेश २-०३-००१ च ०७७८ नम्बरको
पिकअप आईतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खजुरी
धनुषाबाट खटिएको प्रहरी गस्ती टोलिले नेपालबाट भारत तर्फ
जाँदै गरेको उक्त पिकअपलाई चेकजाँच गरी स्याउ सहित उक्त पिकअपलाई नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागी श्री
भन्सार कार्यालय जनकपुरधाम धनुषा बुझाईएको छ ।