लागू औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-२२
- A
- A-
- A+
१.
पर्सा, बन्दाबासिनी गाउँपालिका-०४ मथवल
स्थितबाट वेवारिसे अवैध लागूऔषध गाँजा २७.५०० किलोग्राम शुक्रबार साँझ प्रहरीले
नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल BOP पर्सौनी भट्टा पर्सा
र प्रहरी चौकी अमरपट्टीबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले मधवल नजिक पोखरीको
डिलको काँस घारीमा प्लाष्टिकको बोरा भित्र रातो प्लाष्टिककले प्याक गरी लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागूऔषध गाँजा फेलापारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२. पर्सा, छिपहरमाई
गाँउपालिका-५ भिष्वा स्थितबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित १ जनालाई
शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला उन्नौँ
थाना सफीपुर ग्राम पञ्चायत परियर बस्ने तुलसीरामको छोरा वर्ष ३६ को राजु निषाद रहेका छन् । प्रहरी चौकी भिष्वा पर्सा र सशस्त्र प्रहरी
बल नेपाल BOP भिष्वाबन्जारीबाट खटिएको संयूक्त प्रहरी टोलीले मानवाबाट भारत तर्फ जाँदै गरेको निजलाई चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त
लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. पर्सा,
बिरगंज महानगरपालिका-१६ रजतज्योती चोक स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५५०
मिलिग्राम सहित १ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा, कलैया उप-महानगरपालिका-०६ बस्ने राम शंकर ठाकुरको छोरा वर्ष २८ को आदेश ठाकुर रहेका छन् । प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी
चेकिङ टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. पर्सा,
बिरगंज महानगरपालिका-१६ रजतज्योती चोक स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३३०
मिलिग्राम र ना ४० प ९१६० नम्बरको मोटरसाईकल सहित २ जनालाई
शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-१ बस्ने अभय कुमार ओझाको छोरा अन्दाजी बर्ष २५ को अरविन्द ओझा र सोही स्थानमा बस्ने
महेन्द्र प्रसाद कुशवाहाको छोरा बर्ष अन्दाजी २८ को मुकेश कुमार कुशवाहा रहेका छन् । प्रहरी
चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच
गर्दा निजहरुलाई
उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
५. बारा,
जितपुरसिमरा उप-महानगरपालिका-७ लल्का पुल स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९०
मिलिग्राम र गाँजा २० ग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा सोही स्थान बस्ने चन्देश्वर पासवानको छोरा
अन्दाजी बर्ष २९ को साजन पसवान र पृती चौधरीको छोरा अन्दाजी बर्ष २५ को बिकास चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी चेकिङ
टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
६. सिरहा,
नवराजपुर गाउँपालिका-०५ झाझपट्टी स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १२२ ग्राम ८० मिलिग्राम, BR
32 AR 6024
नम्बरको मोटरसाईकल र कटुवा पेस्तोल थान -१ सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार
मधुबनी जिल्ला बिरपुर ग्राम पन्चायत ३ बस्ने अन्दाजि वर्ष ३५ को अब्दुल कलाम रहेका छन् ।
२ वटा मोटरसाईकलमा ४ जना सवार भई नेपाल भारत सिमा
नाकामा भारतबाट नेपाल तर्फ लागूऔषध कारोबारको लागी आउँदै गरेको छ भन्ने विशेष
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुर
पतार र लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय गोलबजार, सिरहाबाट खटिएको संयूक्त
प्रहरी चेकिङ् टोलिले मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा नम्बर
नखुलेको मोटरसाईकमा सवार भएको मानिसहरु मोटरसाईकल सहित फरार भएको र अर्को
मोटरसाईकललाई रोकी नियन्त्रणमा लिने क्रममा फरार भएको ब्यक्तिहरुले प्रहरी माथि
कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेको र जबाफी कारवाही गर्ने क्रममा प्रहरीको
तर्फबाट २ राउण्ड फायर गर्दा निज अब्दुल कलामको बायाँ खुट्टामा गोली लागी घाइते हुँदा
प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा कटुवा पेस्तोल सहित उक्त लागूऔषध फेला
पारी लागूऔषध र कटुवा पेस्तोल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
७. रौतहट,
चन्द्रपुर नगरपालिका- १ मंगलपुर स्थितबाट अवैध लागूऔषध Tramadol-९७ पिस, Tentadol-३ पिस, Spasmo-३० पिस, Tramadol र Tentadol ट्याब्लेट निकालिएको खाली पत्ताहरू सहित ३ जनालाई शनिबार बेलुका प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने उपेन्द्र सहनीको छोरा अन्दाजि बर्ष २१ को श्याम किशोर सहनी, सोही नगरपालिका गैरीगाउँ बस्ने खिल बहादुर पुलामीको छोरा अन्दाजि बर्ष ४२ को शंकर बहादुर पुलामी र ईश्वरपुर नगरपालिका-१२ बस्ने लिल बहादुर आलेको छोरा बर्ष ३० को प्रज्वल आले रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी
गस्ती टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
८. सर्लाही,
बागमती नगरपालिका-०१ रायमाझी चोक स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १२०
मिलिग्राम सहित १ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
सोही स्थानमा बस्ने
भक्त बहादुर खड्काको छोरा अन्दाजि बर्ष ३२ को सरोज खड्का रहेका छन् । इलाका
प्रहरी कार्यालय कर्मैया, सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले निजलाई उक्त
लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
९. पर्सा,
जगरनाथपुर गाउँपालिका - २ भित्र ईनर्वा जाने चौकबाट अवैध लागूऔषध गाँजा १०२.६३८
किलोग्राम र BR 01 CU 3544 नम्बरको sport
सेतो कार सहित १ जनालाई मंगलबार राती प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा देश
भारत बेतिमा नवलपुर बस्ने अन्दाजि बर्ष ३२ को गुडु बर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट
खटिएको प्रहरी चेकिङ् टोलिले उक्त कारलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारी
लागूऔषध र कार सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
१०. सर्लाही,
ब्रहम्पुरी गाउँपालिका - २ कठिपुल स्थितबाट अवैध लागूऔषध गाँजा ६० किलोग्राम र मधेश प्रदेश ०३-००१ ह ४५१७ नम्बरको अटो सहित २ जनालाई आईतबार राती प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका-११
सखुवनी बस्ने बिनोद भन्ने गणेश रायमाझीको छोरा अन्दाजि वर्ष ३५ को धिरविक्रम
रायमाझी र सोही स्थानमा बस्ने लाल बहादुर मगरको छोरा अन्दाजि वर्ष ३५ को प्रदिप
मगर रहेका
छन् । प्रहरी चौकी ब्रहम्पुरी सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई
उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
११. महोत्तरी,
एकडारा नगरपालिका-०१ भटौलिया स्थितबाट अवैध लागूऔषध गाँजा ४८७.१०५ किलोग्राम र ना ३ ख ६५९२ नं. को ट्रक
सहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका-०६ भकुण्डे बस्ने मान बहादुर
नेगीको छोरा वर्ष २१ को विपस नेगी र सोही गाउँपालिका-०१ क्यूरेनी बस्ने झिल्के
थिङको छोरा वर्ष २४ को साधुराम थिङ रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं.९ गण हेक्वाबाट खटिएको सशस्त्र
प्रहरी टोलीले उक्त ट्रक चेकजाँच गरी ट्रकबाट ४०.३६०
किलोग्राम गाँजा बरामद गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाए पछि जिल्ला प्रहरी
कार्यालय महोत्तरीबाट थप अनुसन्धान गर्दै जाँदा महोत्तरी गाउँपालिका-०४ रानी रतवडा स्थित
मनसिफ पासवानको छोरा अन्दाजी वर्ष ४५ को सिया शरण पासवानको घरबाट ४४६.७४५ किलोग्राम
लागूऔषध गाँजा फेला परेको हाल घरधनी फरार रहेकोमा खोजतलास कार्य भईरहेको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, सिरहा नगरपालिका - १४ माडर सडक खण्ड स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ८३० मिलिग्राम र ज १२ प ४४५४ नम्बरको मोटरसाईकल सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कर्जन्हा नगरपालिका- ४ बस्ने किसुन देव दासको छोरा अन्दाजि बर्ष ३२ को दिपेश कुमार दास रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त मोटरसाईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागूऔषध फेला पारि लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।