लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-२३
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका-१६ मितेरी पुल
स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २९० मिलिग्राम, नेपाली
रु.३५००/- र मोबाईल थान-२ सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला रसुवा कालिका गाउँपालिका-०२ बस्ने तित बहादुर थापा मगरको
छोरा अन्दाजि बर्ष २५ को निर बहादुर थापा मगर रहेका छन् । प्रहरी चौकी इनर्वा
पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदलयात्री
माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
पर्सा, बिरगंज महानगरपालिका-१६ भन्सार गेट
स्थितबाट अवैध Diazepam-२०० एम्पुल, Phenagan-२०० एम्पुल, Topgesic-२०० एम्पुल, मधेश प्रदेश ०३-००१ ह.१९८१ न.को ई-रिक्सा
र मोबाईल थान-३ सहित ३ जनालाई सोमबार राती सशस्त्र प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला
मोतिहारी पुर्वी चम्पारण थाना बैरगिनिया ग्राम पञ्चायत बैरगिनया वडा न.०७
वस्ने ईद महमदको श्रीमती वर्ष २५ की सलमा
खातुन, जिल्ला बारा कबही दरवार गाउँपालिका-०८ हर्दिया पशुरामपुर टोल वस्ने खलिल
मियाको छोरा अन्दाजि वर्ष ५० को अब्दुल्ला मिंया र पर्सा वीरगंज महनागरपालिका-१६
नगवा टोल वस्ने हिरालाल साहको छोरा वर्ष ३० को राजेश कुमार साह तुराहा रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे. क्वा
बिरगंज पर्साबाट खटिएको
प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त ई-रिक्सा माथी शंका लागी
नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषधहरु फेला पारी निजहरुलाई लागूऔषध सहित
नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बिर्तामा बुझाईएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. सर्लाही,
लालबन्दी नगरपालिका-०१ नवलपुर चोक स्थितबाट अवैध लागूऔषध ANTI ALLERGIC १०० ML-४८ पिस, मधेश प्रदेश ०३-३१
प ४३९२, मधेश प्रदेश ०२-०१० प ७१९८ र ज ३ प ४७२९
नम्बरको मोटरसाइकल
सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही हरिवन नगरपालिका-२ वस्ने उमेश महतोको छोरा अन्दाजि वर्ष १९ को नितेश
महतो र लालबन्दी नगरपालिका-११ वस्ने अन्दाजि वर्ष २७ को विकेश कुमार राम रहेका छन् । लागूऔषध ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय
लालबन्दी सर्लाही र लागूऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय बर्दिबास
महोत्तरीबाट खटिएको
संयुक्त प्रहरी चेकिङ टोलिले डाबरिबाट लालबन्दी तर्फ
आउँदै गरेको उक्त मोटरसाईकलहरुलाई रोक्न खोज्दा १ जना मोटरसाईकल छोडी फरार भएको
तथा बाँकीलाई चेकजाँच उक्त लागूऔषध फेला पारी निजहरुलाई लागूऔषध र मोटरसाईकलहरु
सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।
४.
महोत्तरी, जलेश्वर नगरपालिका-०२ जोरोमाईल चोक
स्थितबाट अवैध लागूऔषध गाँजा ७४५ ग्राम सहित १ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०७ बस्ने अन्दाजि बर्ष ६५ को रामठकन राय यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मानवाबाट मलिवाराबाट जनकपुर तर्फ आउँदै गरेको ना ४ ख ५२८ नम्बरको बसमा सवार
निजलाई चेकजाँच गर्ने क्रममा
लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
५.
धनुषा, धनुषाधाम नगरपालिका-०२ मंगलपुर
स्थितबाट अवैध लागूऔषध गाँजा १३ किलो ६५० ग्राम सहित २ जनालाई सोमबार साँझ
प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा जिल्ला भोजपुर यामचौक गाउँपालिका-१०
बस्ने जगत राईको छोरा अन्दाजि बर्ष २१ को बिजय राई र सोही स्थानमा बस्ने जित
बहादुर राईको छोरा अन्दाजि बर्ष २१ को आशिष राई रहेका छन् । इलाका प्रहरी कार्यालय धनुषाधाम
धनुषाबाट खटिएको प्रहरी टोलीले निजहरु माथी शंका
लागी चेकजाँच गर्ने क्रममा
लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।