प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार कैदी/बन्दी नियन्त्रणमा ।

२०८३-०३-२२

  • A
  • A-
  • A+
Share

१.      सर्लाही, हरिवन नगरपालिका- १ हरिवन बजारबाट GEN-Z आन्दोलनको क्रममा जगन्नाथदेवल केन्द्रिय कारागार कार्यालय काठमाण्डौंबाट फरार रहेका कैदी सोही स्थान बस्ने राम बहादुर योन्जनको छोरा अन्दाजि बर्ष २६ को रमन भन्ने राम लाल योन्जनलाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा डाँका चोरी कसुर मुद्दाका फरार कैदीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध हतियार, गोली, लागू औषध र नगद सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-२३

१.      रौतहट, गरुडा नगरपालिका-०५ झाझपुल स्थितबाट अवैध कटुवा पेस्तोल थान-१, गोली, नाइट्राभेट ट्याब्लेट थान २ र नगद नेपाली रु. ३२,५००/- र भारतीय रु. २४,५००/- सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका-०९ बिर्ता बस्ने अन्दाजि वर्ष ४२ को सदरे आलम रहेका छन् । इलाका प्रहरी कार्यालय गरुडा रौतहट र सशस्त्र प्रहरी वेश दुधियाभर रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले निज पैदलयात्री माथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ राउण्ड गोली लोड रहेको कटुवा पेस्तोल थान १ र नाइट्राभेट ट्याब्लेट थान २ बरामद भए पश्चात निजलाई इलाका प्रहरी कार्यालय गरुडामा ल्याई सोधपुछ तथा थप अनुसन्धान गर्दा निजले भने बमोजिम वारदात स्थान नजिकै खोला किनारको झ्याङ्ग (झाडी) भित्र लुकाई छिपाई राखेको अवस्थामा थप ५ राउण्ड गोली, नगद सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

भन्सार छलीको कपडाहरु नियन्त्रणमा ।
२०८३-०३-२३

१.      सर्लाही, हरिपुर्वा नगरपालिका-०३ धनकौल स्थितबाट अन्दाजी मुल्य रु. ९७,१९,६३०/- (सन्तानब्बे लाख उन्नाइस हजार छ सय तीस रुपैयाँ) मुल्य बराबरको भन्सार छलीको कपडाहरु आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म मलंगवा, जिल्ला प्रशासन कार्यालय सर्लाही ,भन्सार कार्यालय मलंगवा र प्रहरी चौकी पर्सा सर्लाही सहितबाट खटिएको टोलिले सोही स्थानमा बस्ने सत्यनारायण साहको घर खानतलासी गर्दा भन्सार छली गरी स्टोर गरेर राखेको कपडाहरु बरामद गरि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय मलंगवा, सर्लाहीमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान तथा फरार रहेको निज सत्यनारायण साहको खोजतलास कार्य भईरहेको छ ।  

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-२३

सर्लाही, बरहथवा नगरपालिका-०९ हजारबिघा स्थितबाट स्रोत नखुलेको भरतीय रु. ३,३२,०००/- (तिन लाख बतिस हजार), BR 44 V 4153 हुण्डयाई कार सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत सितामढी जिल्ला पछेर्वा पञ्चायत वडा नं.०५ बेलवा ग्राम बस्ने महेश रायको छोरा बर्ष २६ को पिन्टु कुमार र सोही स्थानमा बस्ने संजय रायको छोरा बर्ष १८ को प्रेम कुमार राय रहेका छन् । इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीबाट ट्राफिक सहित खटिएको प्रहरी चेकिङ् टोलीले नयाँरोडबाट बरहथवा तर्फ आउँदै गरेको उक्त कार चेकजाँच गर्दा भारतीय रु. ५००/- को नोट ६६४ थान फेला पारी उक्त रकम र कार सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०३-२३

१.      बारा, कलैया उप-महानगरपालिका-०९ रामपुर स्थितबाट फरार प्रतिवादी महागढिमाई नगरपालिका-०२ बस्ने विश्वनाथ प्रसाद स्वर्णकारको छोरा अन्दाजि वर्ष ४५ को सन्जय कुमार स्वर्णकारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा लेनदेन विगो मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, एकडारा गाँउपालिका-०१ बेला स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बृजमोहन मुखियाको छोरा अन्दाजि बर्ष २२ को सुरज मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा ठगी सम्बन्धी कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, लहान नगरपालिका-०३ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अजित कामैतको छोरा अन्दाजि वर्ष ३० को राजु कामैतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चोरी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई निजकै गाउँबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, बरियारपट्टी गाउँपालिका-०५ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने सत्य नारायण यादवको छोरा अन्दाजि वर्ष ४७ को राम उदगार यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जानकीनगर सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सवारी भवितव्य ज्यान मुद्दाका फरार रहेका निज प्रतिवादीलाई निजकै गाउँबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-२३

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ मितेरी पुल स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २९० मिलिग्राम, नेपाली रु.३५००/- र मोबाईल थान-२ सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रसुवा कालिका गाउँपालिका-०२ बस्ने तित बहादुर थापा मगरको छोरा अन्दाजि बर्ष २५ को निर बहादुर थापा मगर रहेका छन् । प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदलयात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      पर्सा, बिरगंज महानगरपालिका-१६ भन्सार गेट स्थितबाट अवैध Diazepam-२०० एम्पुल, Phenagan-२०० एम्पुल, Topgesic-२०० एम्पुल, मधेश प्रदेश ०३-००१ ह.१९८१ न.को ई-रिक्सा र मोबाईल थान-३ सहित ३ जनालाई सोमबार राती सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मोतिहारी पुर्वी चम्पारण थाना बैरगिनिया ग्राम पञ्चायत बैरगिनया वडा न.०७ वस्ने  ईद महमदको श्रीमती वर्ष २५ की सलमा खातुन, जिल्ला बारा कबही दरवार गाउँपालिका-०८ हर्दिया पशुरामपुर टोल वस्ने खलिल मियाको छोरा अन्दाजि वर्ष ५० को अब्दुल्ला मिंया र पर्सा वीरगंज महनागरपालिका-१६ नगवा टोल वस्ने हिरालाल साहको छोरा वर्ष ३० को राजेश कुमार साह तुराहा रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे. क्वा बिरगंज पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त ई-रिक्सा माथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषधहरु फेला पारी निजहरुलाई लागूऔषध सहित नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बिर्तामा बुझाईएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   ३.      सर्लाही, लालबन्दी नगरपालिका-०१ नवलपुर चोक स्थितबाट अवैध लागूऔषध ANTI ALLERGIC १०० ML-४८ पिस, मधेश प्रदेश ०३-३१ प ४३९२, मधेश प्रदेश ०२-०१० प ७१९८ र ज ३ प ४७२९ नम्बरको मोटरसाइकल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही हरिवन नगरपालिका-२ वस्ने उमेश महतोको छोरा अन्दाजि वर्ष १९ को नितेश महतो र लालबन्दी नगरपालिका-११ वस्ने अन्दाजि वर्ष २७ को विकेश कुमार राम रहेका छन् । लागूऔषध ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाही र लागूऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले डाबरिबाट लालबन्दी तर्फ आउँदै गरेको उक्त मोटरसाईकलहरुलाई रोक्न खोज्दा १ जना मोटरसाईकल छोडी फरार भएको तथा बाँकीलाई चेकजाँच उक्त लागूऔषध फेला पारी निजहरुलाई लागूऔषध र मोटरसाईकलहरु सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ४.      महोत्तरी, जलेश्वर नगरपालिका-०२ जोरोमाईल चोक स्थितबाट अवैध लागूऔषध गाँजा ७४५ ग्राम सहित १ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०७ बस्ने अन्दाजि बर्ष ६५ को रामठकन राय यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मानवाबाट मलिवाराबाट जनकपुर तर्फ आउँदै गरेको ना ४ ख ५२८ नम्बरको बसमा सवार निजलाई चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      धनुषा, धनुषाधाम नगरपालिका-०२ मंगलपुर स्थितबाट अवैध लागूऔषध गाँजा १३ किलो ६५० ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला भोजपुर यामचौक गाउँपालिका-१० बस्ने जगत राईको छोरा अन्दाजि बर्ष २१ को बिजय राई र सोही स्थानमा बस्ने जित बहादुर राईको छोरा अन्दाजि बर्ष २१ को आशिष राई रहेका छन् । इलाका प्रहरी कार्यालय धनुषाधाम धनुषाबाट खटिएको प्रहरी टोलीले निजहरु माथी शंका लागी चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-२२

१.     पर्सा, बन्दाबासिनी गाउँपालिका-०४ मथवल स्थितबाट वेवारिसे अवैध लागूऔषध गाँजा २७.५०० किलोग्राम शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल BOP पर्सौनी भट्टा पर्सा र प्रहरी चौकी अमरपट्टीबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले मधवल नजिक पोखरीको डिलको काँस घारीमा प्लाष्टिकको बोरा भित्र रातो प्लाष्टिककले प्याक गरी लुकाई छिपाई राखेको अवस्थाबाट उक्त लागूऔषध गाँजा फेलापारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.     पर्सा, छिपहरमाई गाँउपालिका-५ भिष्वा स्थितबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित १ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला उन्नौँ थाना सफीपुर ग्राम पञ्चायत परियर बस्ने तुलसीरामको छोरा वर्ष ३६ को राजु निषाद रहेका छन् । प्रहरी चौकी भिष्वा पर्सा र सशस्त्र प्रहरी बल नेपाल BOP भिष्वाबन्जारीबाट खटिएको संयूक्त प्रहरी टोलीले मानवाबाट भारत तर्फ जाँदै गरेको निजलाई चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा  लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.     पर्सा, बिरगंज महानगरपालिका-१६ रजतज्योती चोक स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५५० मिलिग्राम सहित १ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा, कलैया उप-महानगरपालिका-०६ बस्ने राम शंकर ठाकुरको छोरा वर्ष २८ को आदेश ठाकुर रहेका छन् । प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   ४.     पर्सा, बिरगंज महानगरपालिका-१६ रजतज्योती चोक स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३३० मिलिग्राम र ना ४० प ९१६० नम्बरको मोटरसाईकल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-१ बस्ने अभय कुमार ओझाको छोरा अन्दाजी बर्ष २५ को अरविन्द ओझा र सोही स्थानमा बस्ने महेन्द्र प्रसाद कुशवाहाको छोरा बर्ष अन्दाजी २८ को मुकेश कुमार कुशवाहा रहेका छन् । प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ५.     बारा, जितपुरसिमरा उप-महानगरपालिका-७ लल्का पुल स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम र गाँजा २० ग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने चन्देश्वर पासवानको छोरा अन्दाजी बर्ष २९ को साजन पसवान र पृती चौधरीको छोरा अन्दाजी बर्ष २५ को बिकास चौधरी रहेका छन् । इलाका प्रहरी  कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी चेकिङ टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   ६.     सिरहा, नवराजपुर गाउँपालिका-०५ झाझपट्टी स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १२२ ग्राम ८० मिलिग्राम, BR 32 AR 6024 नम्बरको मोटरसाईकल र कटुवा पेस्तोल थान -१  सहित १ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार मधुबनी जिल्ला बिरपुर ग्राम पन्चायत ३ बस्ने अन्दाजि वर्ष ३५ को अब्दुल कलाम रहेका छन् । २ वटा मोटरसाईकलमा ४ जना सवार भई नेपाल भारत सिमा नाकामा भारतबाट नेपाल तर्फ लागूऔषध कारोबारको लागी आउँदै गरेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुर पतार र लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय गोलबजार, सिरहाबाट खटिएको संयूक्त प्रहरी चेकिङ् टोलिले मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाईकमा सवार भएको मानिसहरु मोटरसाईकल सहित फरार भएको र अर्को मोटरसाईकललाई रोकी नियन्त्रणमा लिने क्रममा फरार भएको ब्यक्तिहरुले प्रहरी माथि कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेको र जबाफी कारवाही गर्ने क्रममा प्रहरीको तर्फबाट २ राउण्ड फायर गर्दा निज अब्दुल कलामको बायाँ खुट्टामा गोली लागी घाइते हुँदा प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा कटुवा पेस्तोल सहित उक्त लागूऔषध फेला पारी लागूऔषध र कटुवा पेस्तोल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   ७.     रौतहट, चन्द्रपुर नगरपालिका- १ मंगलपुर स्थितबाट अवैध लागूऔषध Tramadol-९७ पिस, Tentadol-३ पिस, Spasmo-३० पिस, Tramadol र Tentadol ट्याब्लेट निकालिएको खाली पत्ताहरू सहित ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने उपेन्द्र सहनीको छोरा अन्दाजि बर्ष २१ को श्याम किशोर सहनी, सोही नगरपालिका गैरीगाउँ बस्ने खिल बहादुर पुलामीको छोरा अन्दाजि बर्ष ४२ को शंकर बहादुर पुलामी र ईश्वरपुर नगरपालिका-१२ बस्ने लिल बहादुर आलेको छोरा बर्ष ३० को प्रज्वल आले रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी गस्ती टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   ८.     सर्लाही, बागमती नगरपालिका-०१ रायमाझी चोक स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम सहित १ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने भक्त बहादुर खड्काको छोरा अन्दाजि बर्ष ३२ को सरोज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   ९.     पर्सा, जगरनाथपुर गाउँपालिका - २ भित्र ईनर्वा जाने चौकबाट अवैध लागूऔषध गाँजा १०२.६३८ किलोग्राम र BR 01 CU 3544 नम्बरको sport सेतो कार सहित १ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बेतिमा नवलपुर बस्ने अन्दाजि बर्ष ३२ को गुडु बर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त कारलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारी लागूऔषध र कार सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   १०. सर्लाही, ब्रहम्पुरी गाउँपालिका - २ कठिपुल स्थितबाट अवैध लागूऔषध गाँजा ६० किलोग्राम र मधेश प्रदेश ०३-००१ ह ४५१७ नम्बरको अटो सहित २ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका-११ सखुवनी बस्ने बिनोद भन्ने गणेश रायमाझीको छोरा अन्दाजि वर्ष ३५ को धिरविक्रम रायमाझी र सोही स्थानमा बस्ने लाल बहादुर मगरको छोरा अन्दाजि वर्ष ३५ को प्रदिप मगर रहेका छन् । प्रहरी चौकी ब्रहम्पुरी सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   ११. महोत्तरी, एकडारा नगरपालिका-०१ भटौलिया स्थितबाट अवैध लागूऔषध गाँजा ४८७.१०५ किलोग्राम र ना ३ ख ६५९२ नं. को ट्रक सहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका-०६ भकुण्डे बस्ने मान बहादुर नेगीको छोरा वर्ष २१ को विपस नेगी र सोही गाउँपालिका-०१ क्यूरेनी बस्ने झिल्के थिङको छोरा वर्ष २४ को साधुराम थिङ रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं.९ गण हेक्वाबाट खटिएको सशस्त्र प्रहरी टोलीले उक्त ट्रक चेकजाँच गरी ट्रकबाट ४०.३६० किलोग्राम गाँजा बरामद गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाए पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट थप अनुसन्धान गर्दै जाँदा महोत्तरी गाउँपालिका-०४ रानी रतवडा स्थित मनसिफ पासवानको छोरा अन्दाजी वर्ष ४५ को सिया शरण पासवानको घरबाट ४४६.७४५ किलोग्राम लागूऔषध गाँजा फेला परेको हाल घरधनी फरार रहेकोमा खोजतलास कार्य भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   सिरहा, सिरहा नगरपालिका - १४ माडर सडक खण्ड स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ८३० मिलिग्राम र ज १२ प ४४५४ नम्बरको मोटरसाईकल सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कर्जन्हा नगरपालिका- ४ बस्ने किसुन देव दासको छोरा अन्दाजि बर्ष ३२ को दिपेश कुमार दास रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त मोटरसाईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागूऔषध फेला पारि लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।