अवैध हतियार, गोली, लागू औषध र नगद सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-२३
- A
- A-
- A+
१.
रौतहट, गरुडा नगरपालिका-०५ झाझपुल स्थितबाट
अवैध कटुवा पेस्तोल थान-१, गोली, नाइट्राभेट ट्याब्लेट थान २ र नगद नेपाली रु.
३२,५००/- र भारतीय रु. २४,५००/- सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका-०९ बिर्ता बस्ने अन्दाजि वर्ष ४२ को सदरे आलम
रहेका छन् । इलाका प्रहरी कार्यालय गरुडा रौतहट र सशस्त्र प्रहरी वेश दुधियाभर
रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले निज पैदलयात्री माथी शंका लागी
चेकजाँच गर्दा निजको साथबाट १ राउण्ड गोली लोड रहेको कटुवा पेस्तोल थान १ र नाइट्राभेट
ट्याब्लेट थान २ बरामद भए पश्चात निजलाई इलाका प्रहरी कार्यालय गरुडामा ल्याई
सोधपुछ तथा थप अनुसन्धान गर्दा निजले भने बमोजिम वारदात स्थान नजिकै खोला किनारको
झ्याङ्ग (झाडी)
भित्र लुकाई छिपाई राखेको अवस्थामा थप ५ राउण्ड गोली, नगद सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।