भन्सार छलीको कपडाहरु नियन्त्रणमा ।
२०८३-०३-२३
- A
- A-
- A+
१.
सर्लाही, हरिपुर्वा नगरपालिका-०३ धनकौल
स्थितबाट अन्दाजी मुल्य रु. ९७,१९,६३०/- (सन्तानब्बे लाख उन्नाइस हजार छ सय तीस रुपैयाँ) मुल्य
बराबरको भन्सार छलीको कपडाहरु आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म मलंगवा, जिल्ला प्रशासन कार्यालय सर्लाही ,भन्सार कार्यालय
मलंगवा र प्रहरी चौकी पर्सा सर्लाही सहितबाट खटिएको टोलिले सोही स्थानमा बस्ने सत्यनारायण साहको घर खानतलासी गर्दा भन्सार छली
गरी स्टोर गरेर राखेको कपडाहरु बरामद
गरि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय मलंगवा, सर्लाहीमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान तथा फरार रहेको निज सत्यनारायण साहको खोजतलास कार्य भईरहेको छ ।