फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०३-२३
- A
- A-
- A+
१.
बारा, कलैया उप-महानगरपालिका-०९ रामपुर
स्थितबाट फरार प्रतिवादी महागढिमाई नगरपालिका-०२ बस्ने विश्वनाथ प्रसाद
स्वर्णकारको छोरा अन्दाजि वर्ष ४५ को सन्जय कुमार स्वर्णकारलाई सोमबार साँझ
प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरी
टोलिले चेकजाँचको क्रममा लेनदेन विगो मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, एकडारा गाँउपालिका-०१ बेला स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने बृजमोहन
मुखियाको छोरा अन्दाजि बर्ष २२ को सुरज मुखियालाई सोमबार साँझ
प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी
टोलिले चेकजाँचको क्रममा ठगी सम्बन्धी कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, लहान नगरपालिका-०३ स्थितबाट फरार
प्रतिवादी सोही स्थानमा बस्ने अजित कामैतको छोरा अन्दाजि
वर्ष ३० को राजु कामैतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका
प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चोरी
मुद्दाका फरार रहेका निज प्रतिवादीलाई निजकै गाउँबाट नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, बरियारपट्टी गाउँपालिका-०५ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने सत्य नारायण यादवको छोरा अन्दाजि वर्ष ४७ को राम उदगार यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जानकीनगर सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सवारी भवितव्य ज्यान मुद्दाका फरार रहेका निज प्रतिवादीलाई निजकै गाउँबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।