लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-२४
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका-१६ रजतज्योती चौक
स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३८० मिलिग्राम, सहित १
जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत कपसडंगा मोरसिदाबाद वेस्ट बंगाल बस्ने असराफुल सेखको छोरा अन्दाजि बर्ष २४ को सैफुल सेख रहेका छन् । प्रहरी
चौकी इनर्वा पर्सा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी
चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदलयात्री माथी शंका लागी
चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
पर्सा, बिरगंज महानगरपालिका-१६ रजतज्योती चौक
स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६८० मिलिग्राम, सहित १
जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पकहा मैनपुर गाउँपालिका-०१ बस्ने अनिल प्रसाद यादवको छोरा अन्दाजि बर्ष
२१ को अंकित यादव
रहेका छन् । प्रहरी चौकी इनर्वा पर्सा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको
संयुक्त प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदलयात्री माथी
शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सर्लाही, हरिवन नगरपालिका-०३ डाबरी टोलबाट
बेवारिसे अवैध लागूऔषध गाँजा १ किलो ६०० ग्राम, NitrazepamTablet- ६४०
पिस, SPASMO-६६२ पिस, Codine phosphate and
triprodineHcl syrup RJT-SCEN - २७ बोतल र Codine phosphate
and triprolidine Hydrochloride Syrup Onerex - २० बोतल मंगलबार
दिउँसो प्रहरीले फेला पारेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय
हरिवन र लालबन्दीबाट खटिएको संयुक्त प्रहरी टोलिले सोहि स्थान बस्ने बिमल थिङ्को
गोठघर भन्दा अं. ३५ फिट पश्चिम मकैबारीमा लुकाई छिपाई राखेको ५ वटा कालो प्लाष्टिक
चेकचाँच गर्दा उक्त लागू पदार्थ बरामद गरी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
महोत्तरी, बर्दिवास नगरपालिका-०५ माईस्थान
चौकबाट अवैश लागूऔषध नाईट्राजेपाम ट्याब्लेट १० पिस, कोकास सिएक्स सिरफ १०० ml - १
बोतल, नम्बर प्लेट नभएको मोटरसाईकल सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश
भारत जिल्ला सितामडी बेला वडा नं.
४ घर बताउने अन्दाजी बर्ष २९ को करण चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट
माईस्थानबाट खटिएको ट्राफिक सहितको प्रहरी टोलिले गौशाला बजारबाट माईस्थान तर्फ
आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।