फरार कैदी/बन्दी नियन्त्रण सम्बन्धी
२०८३-०३-२४
- A
- A-
- A+
महोत्तरी, बर्दिबास नगरपालिका-१४ बर्दिवास बजारबाट GEN-Z को आन्दोलनको क्रममा जिल्ला कारागार महोत्तरीबाट फरार रहेका कैदी सर्लाही हरिवन नगरपालिका-०२ अत्रौली बस्ने छयसाल गोलेको छोरा अन्दाजी बर्ष ३४ को पेमा दोर्जे लामालाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा लागूऔषध (गाँजा) मुद्धाका फरार कैदीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।