प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी

२०८३-०३-२४

  • A
  • A-
  • A+
Share

१.      जिल्ला बाराको बिभिन्न ठाउँहरुबाट ज्यान मार्ने उद्योग तथा अंगभंग र कर्तब्य ज्यान मुद्दाको फरार प्रतिवादी अन्दाजि बर्ष ४२ को अफजल मिया ठकुराई, अभद्र व्यबहार कसुर  मुद्दाको फरार प्रतिवादी अन्दाजि बर्ष ३२ को कुन्दन साह, ज्यान मार्ने उधोग मुद्दाको फरार प्रतिवादी अन्दाजि बर्ष ३७ को फिरोज अंसारी, सवारी ज्यान मुद्दाको फरार प्रतिवादी अन्दाजि बर्ष २९ को शिव बावु महराकर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी बर्ष ६२ की खो कुमारी गौतम समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      धनुषा, जनकपुर उपमहानगरपालिका-१६ कपिलेश्वर स्थितबाट फरार प्रतिवादी अन्दाजी बर्ष २० को रवि कुमार कापर र अन्दाजी बर्ष २५ को दिपक कापरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कपिलेश्वर धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      सिरहा, बरियारपट्टी गाउँपालिका-०१ गोरगमा स्थितबाट फरार प्रतिवादी अन्दाजी बर्ष ४५ को तेजीलाल यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कचनारी सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अभद्र व्यवहार सम्बन्धी कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

४.      महोत्तरी जिल्लाका बिभिन्न स्थानहरुबाट कुटपिट मुद्दाको फरार प्रतिवादीहरु अन्दाजी बर्ष ५० को डबलु पाठक, अन्दाजी बर्ष ५० को चुल्हाई सिंह, अन्दाजी बर्ष ५५ को राजेन्द्र  सिंह, अन्दाजी बर्ष ४५ को राम बाबु सिंह, अन्दाजी बर्ष ६० को नथुनि सिंह, जुवा मुद्दाको फरार प्रतिवादी अन्दाजी बर्ष ५० को अब्दुल राईन, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी अन्दाजी बर्ष ५५ को मान बहादुर खत्री, लागूऔषध मुद्दाका फरार प्रतिवादी अन्दाजी बर्ष ६० पप्पु साह, गाली बेज्जती मुद्दाका फरार प्रतिवादी अन्दाजी बर्ष ५५ को श्रीराम महतो कोईरी र चोरी मुद्दाका फरार प्रतिवादी अन्दाजी बर्ष ५० को राम वृक्ष यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
भन्सार छलीको कपडाहरु नियन्त्रण सम्बन्धी
२०८३-०३-२४

१.      सर्लाही, हरिवन नगरपालिका-११ मालगंगा स्थितबाट अन्दाजी मुल्य रु.८,५०,०००।– (आठ लाख पचास हजार) मुल्य बराबरको भन्सार छलीको कपडाहरु मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले सोही स्थानमा बस्ने नजरे आलमको घर खानतलासी गर्दा भन्सार छली गरी स्टोर गरेर राखेको कपडाहरु बरामद गरि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय मलंगवा, सर्लाहीमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान तथा फरार रहेको निज नजरे आलमको खोजतलास कार्य भईरहेको छ ।  

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-२४

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ रजतज्योती चौक स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३८० मिलिग्राम, सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत कपसडंगा मोरसिदाबाद वेस्ट बंगाल बस्ने असराफुल सेखको छोरा अन्दाजि बर्ष २४ को सैफुल सेख रहेका छन् । प्रहरी चौकी इनर्वा पर्सा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदलयात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      पर्सा, बिरगंज महानगरपालिका-१६ रजतज्योती चौक स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६८० मिलिग्राम, सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पकहा मैनपुर गाउँपालिका-०१ बस्ने अनिल प्रसाद यादवको छोरा अन्दाजि बर्ष २१ को अंकित यादव रहेका छन् । प्रहरी चौकी इनर्वा पर्सा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदलयात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सर्लाही, हरिवन नगरपालिका-०३ डाबरी टोलबाट बेवारिसे अवैध लागूऔषध गाँजा १ किलो ६०० ग्राम, NitrazepamTablet- ६४० पिस, SPASMO-६६२ पिस, Codine phosphate and triprodineHcl syrup RJT-SCEN - २७ बोतल र Codine phosphate and triprolidine Hydrochloride Syrup Onerex - २० बोतल मंगलबार दिउँसो प्रहरीले फेला पारेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन र लालबन्दीबाट खटिएको संयुक्त प्रहरी टोलिले सोहि स्थान बस्ने बिमल थिङ्को गोठघर भन्दा अं. ३५ फिट पश्चिम मकैबारीमा लुकाई छिपाई राखेको ५ वटा कालो प्लाष्टिक चेकचाँच गर्दा उक्त लागू पदार्थ बरामद गरी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      महोत्तरी, बर्दिवास नगरपालिका-०५ माईस्थान चौकबाट अवैश लागूऔषध नाईट्राजेपाम ट्याब्लेट १० पिस, कोकास सिएक्स सिरफ १०० ml - १ बोतल, नम्बर प्लेट नभएको मोटरसाईकल सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश  भारत जिल्ला सितामडी  बेला वडा नं. ४ घर बताउने अन्दाजी बर्ष २९ को करण चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको ट्राफिक सहितको प्रहरी टोलिले गौशाला बजारबाट माईस्थान तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-२३

सर्लाही, बरहथवा नगरपालिका-०९ हजारबिघा स्थितबाट स्रोत नखुलेको भरतीय रु. ३,३२,०००/- (तिन लाख बतिस हजार), BR 44 V 4153 हुण्डयाई कार सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत सितामढी जिल्ला पछेर्वा पञ्चायत वडा नं.०५ बेलवा ग्राम बस्ने महेश रायको छोरा बर्ष २६ को पिन्टु कुमार र सोही स्थानमा बस्ने संजय रायको छोरा बर्ष १८ को प्रेम कुमार राय रहेका छन् । इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीबाट ट्राफिक सहित खटिएको प्रहरी चेकिङ् टोलीले नयाँरोडबाट बरहथवा तर्फ आउँदै गरेको उक्त कार चेकजाँच गर्दा भारतीय रु. ५००/- को नोट ६६४ थान फेला पारी उक्त रकम र कार सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०३-२३

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ मितेरी पुल स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २९० मिलिग्राम, नेपाली रु.३५००/- र मोबाईल थान-२ सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रसुवा कालिका गाउँपालिका-०२ बस्ने तित बहादुर थापा मगरको छोरा अन्दाजि बर्ष २५ को निर बहादुर थापा मगर रहेका छन् । प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदलयात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      पर्सा, बिरगंज महानगरपालिका-१६ भन्सार गेट स्थितबाट अवैध Diazepam-२०० एम्पुल, Phenagan-२०० एम्पुल, Topgesic-२०० एम्पुल, मधेश प्रदेश ०३-००१ ह.१९८१ न.को ई-रिक्सा र मोबाईल थान-३ सहित ३ जनालाई सोमबार राती सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मोतिहारी पुर्वी चम्पारण थाना बैरगिनिया ग्राम पञ्चायत बैरगिनया वडा न.०७ वस्ने  ईद महमदको श्रीमती वर्ष २५ की सलमा खातुन, जिल्ला बारा कबही दरवार गाउँपालिका-०८ हर्दिया पशुरामपुर टोल वस्ने खलिल मियाको छोरा अन्दाजि वर्ष ५० को अब्दुल्ला मिंया र पर्सा वीरगंज महनागरपालिका-१६ नगवा टोल वस्ने हिरालाल साहको छोरा वर्ष ३० को राजेश कुमार साह तुराहा रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे. क्वा बिरगंज पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त ई-रिक्सा माथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषधहरु फेला पारी निजहरुलाई लागूऔषध सहित नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बिर्तामा बुझाईएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   ३.      सर्लाही, लालबन्दी नगरपालिका-०१ नवलपुर चोक स्थितबाट अवैध लागूऔषध ANTI ALLERGIC १०० ML-४८ पिस, मधेश प्रदेश ०३-३१ प ४३९२, मधेश प्रदेश ०२-०१० प ७१९८ र ज ३ प ४७२९ नम्बरको मोटरसाइकल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही हरिवन नगरपालिका-२ वस्ने उमेश महतोको छोरा अन्दाजि वर्ष १९ को नितेश महतो र लालबन्दी नगरपालिका-११ वस्ने अन्दाजि वर्ष २७ को विकेश कुमार राम रहेका छन् । लागूऔषध ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाही र लागूऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले डाबरिबाट लालबन्दी तर्फ आउँदै गरेको उक्त मोटरसाईकलहरुलाई रोक्न खोज्दा १ जना मोटरसाईकल छोडी फरार भएको तथा बाँकीलाई चेकजाँच उक्त लागूऔषध फेला पारी निजहरुलाई लागूऔषध र मोटरसाईकलहरु सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ४.      महोत्तरी, जलेश्वर नगरपालिका-०२ जोरोमाईल चोक स्थितबाट अवैध लागूऔषध गाँजा ७४५ ग्राम सहित १ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०७ बस्ने अन्दाजि बर्ष ६५ को रामठकन राय यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मानवाबाट मलिवाराबाट जनकपुर तर्फ आउँदै गरेको ना ४ ख ५२८ नम्बरको बसमा सवार निजलाई चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      धनुषा, धनुषाधाम नगरपालिका-०२ मंगलपुर स्थितबाट अवैध लागूऔषध गाँजा १३ किलो ६५० ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला भोजपुर यामचौक गाउँपालिका-१० बस्ने जगत राईको छोरा अन्दाजि बर्ष २१ को बिजय राई र सोही स्थानमा बस्ने जित बहादुर राईको छोरा अन्दाजि बर्ष २१ को आशिष राई रहेका छन् । इलाका प्रहरी कार्यालय धनुषाधाम धनुषाबाट खटिएको प्रहरी टोलीले निजहरु माथी शंका लागी चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०३-२३

१.      बारा, कलैया उप-महानगरपालिका-०९ रामपुर स्थितबाट फरार प्रतिवादी महागढिमाई नगरपालिका-०२ बस्ने विश्वनाथ प्रसाद स्वर्णकारको छोरा अन्दाजि वर्ष ४५ को सन्जय कुमार स्वर्णकारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा लेनदेन विगो मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, एकडारा गाँउपालिका-०१ बेला स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बृजमोहन मुखियाको छोरा अन्दाजि बर्ष २२ को सुरज मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा ठगी सम्बन्धी कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, लहान नगरपालिका-०३ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अजित कामैतको छोरा अन्दाजि वर्ष ३० को राजु कामैतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चोरी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई निजकै गाउँबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, बरियारपट्टी गाउँपालिका-०५ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने सत्य नारायण यादवको छोरा अन्दाजि वर्ष ४७ को राम उदगार यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जानकीनगर सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सवारी भवितव्य ज्यान मुद्दाका फरार रहेका निज प्रतिवादीलाई निजकै गाउँबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।