प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलीको कपडाहरु नियन्त्रण सम्बन्धी

२०८३-०३-२४

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, हरिवन नगरपालिका-११ मालगंगा स्थितबाट अन्दाजी मुल्य रु.८,५०,०००।– (आठ लाख पचास हजार) मुल्य बराबरको भन्सार छलीको कपडाहरु मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले सोही स्थानमा बस्ने नजरे आलमको घर खानतलासी गर्दा भन्सार छली गरी स्टोर गरेर राखेको कपडाहरु बरामद गरि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय मलंगवा, सर्लाहीमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान तथा फरार रहेको निज नजरे आलमको खोजतलास कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार
कटुवा पेस्तोल सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-२९

कटुवा पेस्तोल सहित मानिस नियन्त्रण सम्बन्धी :- १.      सर्लाही, मलंगवा नगरपालिका-०८ प्रादेशिक अस्पताल नजिकको सैलुन पसलबाट अवैध कटुवा पेस्तोल थान-१ गोली २ राउण्ड सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला सितामढी थाना बाजपट्टी बल्क बाजपट्टी-१२ स्थायी घर भएका लालबाबु ठाकुरको छोरा अन्दाजि बर्ष ३८ को राजेश कुमार रहेका छन् । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले निजले मलंगवा नगरपालिका-०८ अस्पताल रोडमा संचालन गरेको सैलुन (कपाल काट्ने) पसलमा रहेको कुर्सी माथि कालो प्लाष्टिकको झोलामा 2 IN 1 VACUUM CLEANER लेखिएको बट्टा भित्र लुकाई छिपाई राखेको उक्त गैरकानुनी पेस्तोल र गोली फेला पारी पेस्तोल र गोली सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०३-२९

१.      बारा, महागढीमाई नगरपालिका-०५ कवहीबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने रामचन्द्र चौधरीको छोरा अं.बर्ष ४३ को प्रमोद कुमार चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन बिगो मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, लालबन्दी नगरपालिका-०२ बाट फरार प्रतिवादी सोही स्थानमा जिल्ला धनुषा विदेह नगरपालिका-०४ झिझा टोल घर बताउने दुखि पासवानको छोरा अन्दाजि वर्ष ४० को विजय भन्ने रंजित पासवानलाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ज.ज.क. तथा डाँका सम्बन्धी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सर्लाही, बरहथवा नगरपालिका-१० बजारबाट फरार प्रतिवादी सोही स्थानमा मनोज कुमार रायको छोरा अन्दाजि बर्ष ३० को दिपु कुमार रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ् कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      धनुषा, जनकपुर उप- महानगरपालिका-११ देबी चौकबाट फरार प्रतिवादी सोही स्थानमा राजेश मण्डललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बहु बिवाह मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।५.      बारा, जितपुरसिमरा उप-महानगरपालिका-२४ हरपुरबाट फरार प्रतिवादी जिल्ला पर्सा संखुवा प्रसौनी गाउपालिका-०३ बस्ने पैगम्बर अंसारीको छोरा अन्दाजि बर्ष ३७ को महमद अफजल अंसारीलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट ईनर्वासिरा बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ् कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ६.      सप्तरी, जिल्लाका बिभिन्न स्थानबाट बिगो मुद्बाको फरार प्रतिवादी सप्तरी महादेवा गाउपालिका-०४ महादेवा बस्ने महेन्द्र कामैतको श्रीमती अन्दाजि बर्ष ६८ की सुकमरिया देवी कामैत र चेक अनादर बिगो मुद्धाका फरार प्रतिवादी सप्तरी राजबिराज नगरपालिका-०७ बस्ने रमेश साहको छोरा अन्दाजि बर्ष ५१ को सोमन साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध समान सहित गाडी नियन्त्रण सम्बन्धी
२०८३-०३-२९

१.      पर्सा, बिरगंज महानगरपालिका-१४ गण्डक चोक स्थित चेकपोष्टबाट अन्दाजी रु.२,८०,००,०००/- (दुई करोड अस्सी लाख) मुल्य बराबरको बिल बिजक भन्दा बढी खुद्रा सामानहरु, ना ५ ख ३३३१ नम्बरको डिब्बा गाडी र र प्र.२-०३-००१ ख १४१६ नम्बरको मिनी ट्रक बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डक पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले  प्रहरीको टोलिले  उक्त गाडीहरु रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित दुईवटै गाडीहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ । २.      बारा, जितपुरसिमरा उप-महानगरपालिका-२१ को वडा कार्यालय अगाडीबाट अवैध भन्सार छली गरी राखेको अन्दाजि मुल्य रु. ७,००,०००-। (सात लाख) बराबरको ELFBAR Raya D3 pro (vape)  शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४५७ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा सो बसको डिक्कि भित्र लुकाई छिपाई ल्याईएको बिल बिजक नभएको उक्त नियन्त्रणमा लिई लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-२९

१.      पर्सा, ठोरी गाउँपालिका-०३ बुद्धनगरबाट अवैध लागूऔषध गाँजा ४ किलो ४५० ग्राम, BR 22 R 7168 नम्बरको भारतीय मोटरसाइकल सहित देश भारत बिहार पश्चिमी चम्पारण ढुटिटोला-०४ बस्ने रमेश चौधरीको छोरा अन्दाजी बर्ष २२ को रुपेश कुमारलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ओडार पर्साबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारत तर्फ जाँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, ठोरी गाउँपालिका-०३ बुद्धनगरबाट अवैध लागूऔषध गाँजा ४ किलो ४५० ग्राम, BR 22 R 7168 नम्बरको भारतीय मोटरसाइकल सहित देश भारत बिहार पश्चिमी चम्पारण ढुटिटोला-०४ बस्ने रमेश चौधरीको छोरा अन्दाजी बर्ष २२ को रुपेश कुमारलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ओडार पर्साबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारत तर्फ जाँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      धनुषा, जनकपुर उप-महानगरपालिका-१९ जमुनिया टोलबाट फरार प्रतिवादी मिथिला बिहारी नगरपालिका-०८ बस्ने बिशुन देव यादवको छोरा अन्दाजि बर्ष २१ को रूपेश कुमार यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अपहरण, शरिर बन्धक तथा जबरदस्ती करणी सम्बन्धी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      सिरहा, सिरहा नगरपालिका-१५ बुधाँरा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ५४० मिलिग्राम र  म.प्र. ०१-००४ प ६२३५ नम्बरको मोटरसाइकल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्यानपुर नगरपालिका-०८ बस्ने कैलास मण्डलको छोरा अन्दाजि बर्ष २२ को सुनिल मण्डल र सोही स्थानमा बस्ने रुन्द्रेश्वर मण्डलको छोरा अन्दाजि बर्ष १९ को नरेश मंण्डल रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाइकल माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजहरुलाई लागूऔषध र मोटरसाईकल  सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।५.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ पुर्व पश्चिम राजमार्ग स्थित चेक पोष्टबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम र गाँजा १५५ ग्राम सहित १ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धन्कुटा सहितपुर गाउँपालिका-०२ दोमुखा बस्ने संतोष राईको छोरा अन्दाजि वर्ष २६ को अजय राई रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी चेकिङ धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०१२७ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गर्दै जाँदा निज सवारी माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।६.      धनुषा, बिदेह नगरपालिका-०८ बफै चौरी स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २२० मिलिग्राम र प्रदेश २-०२-००२ प १००५ नम्बरको मोटरसाइकल सहित १ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका-०९ दुवरकोठ हत्लेठवा बस्ने बिजय मण्डलको छोरा अन्दाजि बर्ष १८ को किसन कुमार मण्डल रहेका छन् । प्रहरी चौकी गिद्धा धनुषाबाट खटिएको प्रहरी चेकिङ टोलिले उक्त मोटरसाइकल माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध र मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ७.      बारा, बारागढी गाउँपालिका-०३ श्रीपुरा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४६० मिलिग्राम सहित सोही स्थानमा बस्ने चन्द्रिका मलिकको छोरा बर्ष अन्दाजि २० को संजय मलिकलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढी बाराबाट खटिएको प्रहरी गस्ती टोलिले निज पैदल यात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-२६

 १.      सिरहा, नवराजपुर गाउँपालिका-०३ जगतपुर स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७५० मिलिग्राम सहित १ जनालाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नवराजपुर गाउपालिका-०३ जगतपुर बस्ने अन्दाजि वर्ष ३० को विरेन्द्र यादव रहेका छन् । इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी चेकिङ टोलिले निज पैदलयात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सिरहा, औरही नगरपालिका-०१ हनुमान चौकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १०० मिलिग्राम, Nitrazepsm-२ पिस र स ८ प ११०६ न. को मोटरसाइकल सहित १ जनालाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका-०५ लर्कन्हा टोल बस्ने शिबु मुखियाको छोरा अन्दाजि बर्ष २५ को उदगार मुखिया रहेका छन् । प्रहरी चौकी हर्कट्टी सिरहाबाट खटिएको प्रहरी चेकिङ टोलिले निज माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषधहरु सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, धनगढिमाई नगरपालिका-१० धनगढी बजारबाट अवैध लागूऔषध ब्राउन सुगर ५.६१० ग्राम, म.प्र.०१-००६ प २५९५ नम्बरको मोटरसाइकल सहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-१३ बस्ने राम बृक्ष महत्तोको छोरा अन्दाजी २२ को दिपक कुमार महत्तो र धनगढिमाई नगरपालिका-१२ बस्ने रामबाबु यादवको छोरा अन्दाजी बर्ष १९ को राजाराम यादव रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढि र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले बरियारपट्टीबाट लहान तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूपदार्थ फेला पारी निजहरुलाई लागूपदार्थ सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी, शम्भुनाथ नगरपलिका-०३ शम्भुनाथ मन्दिर गेटबाट प्रतिबन्धित Onerex cough syrup ५० पिस सहित राजविराज नगरपालिका-०७ बस्ने घनश्याम तेलीको छोरा अन्दाजी बर्ष २४ को राहुल साहलाई बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरी गस्ति टोलिले निज व्यक्ति माथी शंका लागि चेकजाँच गर्दा उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।