लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०४-१८
- A
- A-
- A+
१.
धनुषा, गणेशमान
चारनाथ नगरपालिका-०१ पुर्व-पश्चिम
लोक मार्ग स्थित गोलघरबाट अवैध लागूऔषध गाँजा २५ ग्राम, Nitrazepam-२० पिस र स ८ प ४७८२ नम्बरको
मोटरसाईकल सहित
१ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा जनकपुर उप-महानगरपालिका-१९
बस्ने राम प्रकाश मण्डलको छोरा अन्दाजि बर्ष २१ को संजय मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय भरतपुर धनुषाबाट खटिएको प्रहरी
टोलीले उक्त मोटरसाईकलमाथी शंका लागी नियन्त्रणमा लिई
चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध र
मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।