अवैध हतियार सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२०
- A
- A-
- A+
सिरहा, लहान नगरपालिका-२२ सलोखरी स्थितबाट गैर कानूनी पेस्तोल थान-१ र 9mm म्यागजिन थान-१ सहित ३ जनालाई मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बद्री दासको छोरा अन्दाजि वर्ष २० को सबरजीत दास, रामु दासको छोरा अन्दाजि वर्ष २० को गुरुदेव दास र अरुण दासको छोरा अन्दाजि वर्ष १९ को संजय दास रहेका छन् । प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलिले गोप्य सुचनाको आधारमा निज सबरजित दासलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले लगाएको हाप पाईन्टको दाहिने गोजीमा लुकाई छिपाई राखेको अवस्थाबाट पेस्तोल तथा म्यागजिन फेला पारी उक्त गैर कानूनी हतियार र म्यागजिन सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।