लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२२
- A
- A-
- A+
१.
पर्सा, बिरगंज
महानगरपालिका-१६ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६१०
मिलिग्राम सहित
१ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा जिल्ला नवलपरासी साविक गा.वि.स. दुवी खैरवा-०४
बस्ने कैलाश रामको छोरा अन्दाजि बर्ष १८ को ईन्द्रेश चमार रहेका छन् । वडा प्रहरी कार्यालय बिर्ता र
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल
तर्फ आउँदै गरको निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच
गर्दा
निजले लगाएको जिन्स पाईन्टको अगाडी पट्टीको दाहिने खल्तीमा लुकाई छिपाई राखीएको उक्त लागूऔषध फेला
पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, मलंगवा
नगरपालिका-०९ पुरानो बसपार्क स्थितबाट
अवैध लागूऔषध Nitzascen-५ पिस, Pregablon77-८ पिस, Colibon-८ पिस र BR 30 K 7140 नम्बरको मोटरसाईकल सहित
३ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-०१ बस्ने सुरेन्द्र मण्डलको छोरा
अन्दाजि बर्ष २२ को अभिषेक मण्डल, सोही स्थानमा बस्ने बिनोद थिङको छोरा अन्दाजि बर्ष
२१ सौजन थिङ र सोही स्थानमा बस्ने बिरेन्द्र सहनीको छोरा अन्दाजि बर्ष २४ को संजय
सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाईकलमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त
लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
धनुषा, मिथिला नगरपालिका-०६
ढल्केवर स्थित कृषीबजार अगाडीबाट अवैध लागूऔषध Nitzascen-१७० पिस सहित
१ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा जिल्ला नवलपरासी गैडाकोट नगरपालिका-०१ बस्ने हस्त बहादुर
कुमालको छोरी अन्दाजि बर्ष २२ कि सबिना कुमाल रहेका
छन् । इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट
खटिएको प्रहरी टोलिले निज पैदल यात्रीमाथी शंका लागी
नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले हातमा बोकेको पहेलो कलरको प्लाष्टिकको
झोला भित्र लुकाई छिपाई राखीएको उक्त
लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, सखुवानान्कारकट्टी गाँउपालिका-०४ सिमरा स्थित बलान खोलाबाट बेवारिसे अवैध लागूऔषध गाँजा ५३ किलो ४६५ ग्राम सहित १ जनालाई बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्न साथ प्लाष्टिकको ४ वटा बोरा फाली ४ जना मानिसहरु फरार भएको र उक्त बोराहरु चेकजाँच गर्दा उक्त लागूऔषध फेला निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।