प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा ।

२०८३-०४-२२

  • A
  • A-
  • A+
Share

मधेश प्रदेश प्रहरी कार्यालयले लागूऔषध बरामद, कारोबारी पक्राउ तथा सेवनकर्तालाई पक्राउ तथा निरुत्साहन गर्ने निति अनुसार सबै जिल्ला तथा मातहतका कार्यालयहरुको प्रभावकारी परिचालन गरिएको छ । यसै क्रममा मिति २०८३ साउन १६ गतेदेखी २२ गतेसम्ममा २८ जना मानिस लागूऔषध कारोबारी र सेवनकर्ता पक्राउ गरि थप अनुसन्धान भइरहेको छ । यसै गरि अवैध लागूऔषध गाँजा ३९०.५७१ किलोग्राम, ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्राम २१० मिलिग्राम, अन्य लागूऔषध जन्या ट्याब्लेट एवं इन्जेक्शन ७१७ पिस तथा ९ ओटा सवारी साधन समेत बरामद गरि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-२२

१.      मधेश प्रदेश प्रहरी कार्यालयले मुद्दा दर्ता भई तथा सम्मानित अदालतबाट फैसला पश्चात फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराउने तथा अदालतबाट तोकिएको जरिवाना राज्यकोषमा जम्मा गराउने नीति अनुरूप मातहतका सबै जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुको प्रभावकारी गर्दै आएको छ । यसै क्रममा मिति २०८३ साउन १६ गतेदेखी २२ गतेसम्ममा बिभिन्न मुद्दाका ११८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित सम्मानित अदालतमा पेश गर्ने तथा फैसला कार्यान्वयन सम्बन्धी प्रक्रिया अगाडि बढाइएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२२

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६१० मिलिग्राम सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला नवलपरासी साविक गा.वि.स. दुवी खैरवा-०४ बस्ने कैलाश रामको छोरा अन्दाजि बर्ष १८ को ईन्द्रेश चमार रहेका छन् । वडा प्रहरी कार्यालय बिर्ता र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरको निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडी पट्टीको दाहिने खल्तीमा लुकाई छिपाई राखीएको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, मलंगवा नगरपालिका-०९ पुरानो बसपार्क स्थितबाट अवैध लागूऔषध Nitzascen-५ पिस, Pregablon77-८ पिस, Colibon-८ पिस र BR 30 K 7140 नम्बरको मोटरसाईकल सहित ३ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-०१ बस्ने सुरेन्द्र मण्डलको छोरा अन्दाजि बर्ष २२ को अभिषेक मण्डल, सोही स्थानमा बस्ने बिनोद थिङको छोरा अन्दाजि बर्ष २१ सौजन थिङ र सोही स्थानमा बस्ने बिरेन्द्र सहनीको छोरा अन्दाजि बर्ष २४ को संजय सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाईकलमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      धनुषा, मिथिला नगरपालिका-०६ ढल्केवर स्थित कृषीबजार अगाडीबाट अवैध लागूऔषध Nitzascen-१७० पिस सहित १ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला नवलपरासी गैडाकोट नगरपालिका-०१ बस्ने हस्त बहादुर कुमालको छोरी अन्दाजि बर्ष २२ कि सबिना कुमाल रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलिले निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले हातमा बोकेको पहेलो कलरको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखीएको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, सखुवानान्कारकट्टी गाँउपालिका-०४ सिमरा स्थित बलान खोलाबाट बेवारिसे अवैध लागूऔषध गाँजा ५३ किलो ४६५ ग्राम सहित १ जनालाई बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्न साथ प्लाष्टिकको ४ वटा बोरा फाली ४ जना मानिसहरु फरार भएको र उक्त बोराहरु चेकजाँच गर्दा उक्त लागूऔषध फेला निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-२२

१.      बारा, आदर्श कोतवाल गाँउपालिका-०५ रुपौलियाबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने भरोस यादवको छोरा वर्ष २२ को सन्जय यादवलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्र जयनगर बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी ज्यान मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, भंगहा नगरपालिका-०९ अजगेवा टोलबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष ४५ को कमलेश कुमार यादवलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा चेक अनादर मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा जिल्लाका बिभिन्न स्थानबाट बहु बिवाह मुद्बाको फरार प्रतिवादी धनगढीमाई नगरपालिका-१३ ढुंङगाना टोल बस्ने रतनलाल यदवको छोरा अन्दाजि बर्ष ४० को उमेश कुमार यादव र निजको श्रीमती अन्दाजि बर्ष ३० कि रिता देवि, लहान नगरपालिका-१० बस्ने बद्री कुमार रामको छोरा अन्दाजि बर्ष ३१ को श्री प्रसाद राम र निजको श्रीमती अन्दाजि बर्ष २२ कि आरती कुमारी राम, बैँकिङ कसुर मुद्दाको फरार प्रतिवादी बरियारपट्टी गाउँपालिका-०१ बस्ने नर्गी टोल बस्ने मंगल यादवको छोरा अन्दाजि वर्ष ३४ को आनन्द कुमार यादव र अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी सिरहा नगरपालिका-०७ बस्ने बालेश्वर यादबको छोरा अन्दाजि बर्ष ३६ को श्रवण कुमार यादव समेतलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी,  हनुमाननगर कंकालिनी नगरपालिका-०१ भारदहबाट फरार प्रतिवादी जिल्ला सुनसरी भोक्राहा नरसिंह गा.पा.१ घर भई हाल जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-०१ भारदह बस्ने सुखाई मल्लाहको छोरा अन्दाजि वर्ष ५६ को सागर मल्लाह र सोही स्थानमा बस्ने बौका सदाको छोरा अन्दाजि वर्ष ३२ को ललकु सदालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्दा लागूऔषध कसुर मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध हतियार सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२०

सिरहा, लहान नगरपालिका-२२ सलोखरी स्थितबाट गैर कानूनी पेस्तोल थान-१ र 9mm म्यागजिन थान-१ सहित ३ जनालाई मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बद्री दासको छोरा अन्दाजि वर्ष २० को सबरजीत दास, रामु दासको छोरा अन्दाजि वर्ष २० को गुरुदेव दास र अरुण दासको छोरा अन्दाजि वर्ष १९ को संजय दास रहेका छन् । प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलिले गोप्य सुचनाको आधारमा निज सबरजित दासलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले लगाएको हाप पाईन्टको दाहिने गोजीमा लुकाई छिपाई राखेको अवस्थाबाट पेस्तोल तथा म्यागजिन फेला पारी उक्त गैर कानूनी हतियार र म्यागजिन सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२०

पर्सा, बिन्दाबासिनी गाँउपालिका-०५ तिलावे भिष्वा सडक खण्ड स्थितबाट अवैध लागूऔषध गाँजा २०७ किलोग्राम र प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१३ बस्ने गजब सिंह लामाको छोरा अन्दाजि बर्ष ४८ को कृष्ण लामा रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त पिकअप माथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा सिमेन्टीको बोरामा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध र पिकअप सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०४-१८

१.      धनुषा, गणेशमान चारनाथ नगरपालिका-०१ पुर्व-पश्चिम लोक मार्ग स्थित गोलघरबाट अवैध लागूऔषध गाँजा २५ ग्राम, Nitrazepam-२० पिस र स ८ प ४७८२ नम्बरको मोटरसाईकल सहित १ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उप-महानगरपालिका-१९ बस्ने राम प्रकाश मण्डलको छोरा अन्दाजि बर्ष २१ को संजय मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय भरतपुर धनुषाबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाईकलमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।