फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-२२
- A
- A-
- A+
१.
बारा, आदर्श कोतवाल गाँउपालिका-०५ रुपौलियाबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने भरोस यादवको छोरा वर्ष २२ को सन्जय यादवलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
महेन्द्र जयनगर बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी ज्यान मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, भंगहा नगरपालिका-०९ अजगेवा टोलबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष ४५ को कमलेश कुमार यादवलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा चेक अनादर मुद्बाको
फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. सिरहा
जिल्लाका बिभिन्न स्थानबाट बहु बिवाह मुद्बाको फरार
प्रतिवादी धनगढीमाई नगरपालिका-१३ ढुंङगाना टोल बस्ने रतनलाल यदवको छोरा अन्दाजि
बर्ष ४० को उमेश कुमार यादव र निजको श्रीमती अन्दाजि बर्ष ३० कि रिता देवि, लहान
नगरपालिका-१० बस्ने बद्री कुमार रामको छोरा अन्दाजि बर्ष ३१ को श्री प्रसाद राम र
निजको श्रीमती अन्दाजि बर्ष २२ कि आरती कुमारी राम, बैँकिङ कसुर मुद्दाको फरार प्रतिवादी बरियारपट्टी गाउँपालिका-०१ बस्ने नर्गी टोल
बस्ने मंगल यादवको छोरा अन्दाजि वर्ष ३४ को आनन्द कुमार यादव र अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी सिरहा नगरपालिका-०७
बस्ने बालेश्वर यादबको छोरा अन्दाजि बर्ष ३६ को श्रवण कुमार यादव समेतलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
४.
सप्तरी,
हनुमाननगर कंकालिनी नगरपालिका-०१
भारदहबाट फरार प्रतिवादी जिल्ला सुनसरी भोक्राहा नरसिंह गा.पा.१ घर भई हाल जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-०१ भारदह
बस्ने सुखाई मल्लाहको छोरा अन्दाजि वर्ष ५६ को सागर मल्लाह र सोही स्थानमा बस्ने
बौका सदाको छोरा अन्दाजि वर्ष ३२ को ललकु सदालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
सप्तरी र इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले
चेकजाँच गर्दा लागूऔषध कसुर मुद्बाको फरार रहेका निज
प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।