लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२०
- A
- A-
- A+
पर्सा, बिन्दाबासिनी गाँउपालिका-०५ तिलावे भिष्वा सडक खण्ड स्थितबाट अवैध लागूऔषध गाँजा २०७ किलोग्राम र प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१३ बस्ने गजब सिंह लामाको छोरा अन्दाजि बर्ष ४८ को कृष्ण लामा रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त पिकअप माथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा सिमेन्टीको बोरामा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी लागूऔषध र पिकअप सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।