फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०४-१८
- A
- A-
- A+
१.
बारा जिल्लाका बिभिन्न स्थानबाट चेक अनादर
विगो मुद्बाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-१९ बस्ने रघुनाथ प्रसाद जयसवालको छोरा अन्दाजि बर्ष ५८ को
शर्मा प्रसाद जयसवाल र ठगी, अपराधिक विश्वाशघात तथा लिखित सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादी जिल्ला पर्सा बिरगंज महानगरपालिका-२८ बगही घर
भई हाल जिल्ला बारा कोल्हवी नगरपालिका-०८ मिलन चौक स्थितमा बसिरहेका राधा सहनी
मलाहको छोरा अन्दाजि बर्ष ६५ को बैधनाथ सहनी समेतलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, पिपरा गाउँपालिका-०४ पिपराबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने राम ललित कापडको छोरा अन्दाजि बर्ष ५५ को मोहन कापडलाई आईतबार बिहान
प्रहरीले पक्राउ
गरेको छ । इलाका प्रहरी कार्यालय सहोडवा महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच
गर्दा कुटपिट अङ्गभंग मुद्बाको फरार रहेका निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।