लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२३
- A
- A-
- A+
१.
पर्सा, बिरगंज
महानगरपालिका-१६ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.२१०
ग्राम, ना ११ प ५०२५ नम्बरको मोटरसाईकल सहित
२ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-१३ बस्ने श्यामकिशोर
यादवको छोरा अन्दाजि बर्ष १९ को राहुल यादव र बिरगंज
महानगरपालिका-१२ मुर्ली
टोल बस्ने मनोज साहको छोरा अन्दाजि बर्ष २२ को अमित गुप्ता
रहेका छन् । प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज
पर्साबाट खटिएको संयुक्त प्रहरी
टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाईकलमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निज राहुल यादवले
लगाएको जिन्स पाईन्टको अगाडी पट्टीको दाहिने खल्तीमा लुकाई छिपाई राखीएको उक्त लागूऔषध फेला
पारी लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, सखुवानान्कारकट्टी
गाँउपालिका-०४ सिमरा
स्थित बलान खोलाबाट अवैध लागूऔषध गाँजा ९१
किलो २५ ग्राम सहित
२ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा सिरहा भगवानपुर गाउँपालिका-०४ जमुवा टोल बस्ने अन्दाजि
वर्ष ४३ को कलेन्द्र यादव र सोही
स्थानमा बस्ने अन्दाजि वर्ष ४५ को ब्रहम यादव
रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले
निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सप्तरी, राजगढ गाउँपालिका-०१
कजराहा स्थितमा
पश्चिमतर्फ नहरको छेउबाट बेवारिसे अवैध लागूऔषध गाँजा १९०
किलो ५२० ग्राम शुक्रबार राती प्रहरीले नियन्त्रणमा लिएको छ
। प्रहरी चौकी झुट्की सप्तरीबाट
खटिएको प्रहरी गस्ती टोलीले उक्त लागूऔषध फेला निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।