फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-२४
- A
- A-
- A+
१. १. बारा जिल्लाका बिभिन्न स्थानबाट बैकिङ कसुर मुद्बाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-०६ बस्ने हरिन्द्र रामको श्रीमती बर्ष ३६ की सृजना देवी राम र चोरी मुद्दाको फरार प्रतिवादी जितपुरसिमरा उप-महानगरपालिका-०१ दुधौरा पुल छेउ स्थित वस्ने मान वहादुर थिङको छोरा अन्दाजि वर्ष ३१ को सोम वहादुर थिङ समेतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्लाही, ईश्वरपुर नगरपालिका-०६ बयलबासबाट फरार प्रतिवादी ईश्वरपुर नगरपालिका-०७ बस्ने राम बहादुर साहको छोरा अन्दाजि वर्ष ३० को अर्जुन कुमार साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगि तथा अपराधिक विश्वासघात मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।