प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी

२०८३-०५-२३

  • A
  • A-
  • A+
Share


१.      पर्सा, बिरगंज  महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३.९८० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर बकैया गाउँपालिका-०७ बस्ने सिताराम बि.क.को छोरा बर्ष अन्दाजि २७ को मनोज बि.क. र मकवानपुर बकैया गाउँपालिका-०५ बस्ने धन बहादुर भोलनको छोरा बर्ष अन्दाजि २७ को राकेश भोलन रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      सर्लाही, हरिवन नगरपालिका-०९ सुकेपोखरी स्थितबाट लागूऔषध NITRAZEPAM-१५०० पिस, BR 30 X 2248 नम्बरको मोटरसाईकल सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका-०६ हनुमान नगर बस्ने बर्ष २६ को सुबोध कुमार यादव, सर्लाही गोडैता नगरपालिका-१२ मधुवनी बस्ने बर्ष ३५ को नारायण कुमार महतो र सोही स्थानमा बस्ने बर्ष २० को शिव कुमार पटेल रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      धनुषा, मिथिला नगरपालिका-०२ नक्टाझिझ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १९७.४४० ग्राम, ज ९ प ५६९७ नम्बरको मोटरसाईकल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-१० खरियानी टोल बस्ने रामदेव चमारको छोरा अन्दाजि वर्ष ३४ को राकेश चमार र देश भारत मधुवनी जिल्ला कमलावारी पुरी वडा नं.१३ बस्ने अयोधि रामको छोरा अन्दाजि वर्ष २७ को संजित कुमार राम रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

४.      सिरहा, सिरहा नगरपालिका-०२ छोकटी टोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १२.८४० ग्राम, प्र. ३-०२-०१३ प ६४१२ नम्बरको मोटरसाईकल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्यानपुर नगरपालिका-०७ बस्ने बिजय कुमार साफीको छोरा अन्दाजि बर्ष २४ को कमलेश कुमार साफी र सोही स्थानमा बस्ने राकेश यादबको छोरा अन्दाजि बर्ष ३२ को सन्तोष यादब रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२४

१.      बारा, बिश्रामपुर गाउँपालिका-०४ बालिरामपुर बास घाटि स्थितबाट लागूऔषध गाँजा ५ किलोग्राम सहित BR05AJ0373 नम्बरको मोटरसाईकल मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मुसहर्वा बारा र सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.बरैनिया बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित मोटरसाईकल फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, मलंगवा नगरपालिका-०४ शिवसागर चौक स्थितबाट लागूऔषध NITRAZEPAM-२८० पिस सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-०६ बस्ने शम्भु राय यादवको छोरा अन्दाजि बर्ष १७ को रन्जित राय यादव, सर्लाही मलंगवा नगरपालिका-०४ बस्ने अशोक यादवको छोरा अन्दाजि बर्ष १६ को अनिश यादव र सोही स्थानमा बस्ने रामभरोश राय यादवको छोरा अन्दाजि बर्ष १९ को राहुल यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-२३

१.      बारा, कलैया उप-महानगरलिका-०५ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष २७ को राजिब कुमार सराफलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागूऔषध मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      महोत्तरी, बर्दिबास नगरपालिका-१३ बिजुलपुरा स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने रामबिलास महतोको छोरा छोरा बर्ष ३७ को रबिन्द्र कुमार महतोलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जबरजस्ती करणी मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-२२

१.      सिरहा, बरियारपट्टी गाउँपालिका-०१ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने भागवत यादवको छोरा अन्दाजि बर्ष ३२ को बिशो भन्ने विष्णुदेव यादवलाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा चोरी मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी, खडक नगरपालिका-०४ पन्सेरा स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने हरिनारायण साहको छोरा अन्दाजि बर्ष ३७ को संजय कुमार साह आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा कुटपिट मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२२

१.      रौतहट, चन्द्रपुर नगरपालिका-०४ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५.७७ ग्राम सहित १ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने ढाल बहादुर तामाङको छोरा अन्दाजि वर्ष २७ को प्रशान्त तामाङ रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सन्तपुर रौतहटबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, नरहा गाउँपालिका-०५ स्थितबाट लागूऔषध ONEREX-१७ पिस र स ९ प १३७३ नम्बरको मोटरसाईकल सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका-०७ फुलबरिया टोल बस्ने अन्दाजि वर्ष ५५ को शम्भु साह र सोही स्थानमा बस्ने अन्दाजि वर्ष ६५ को रनेश प्रसाद घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय नरहा सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२१

१.      पर्सा, पर्सागढी नगरपालिका-०३ स्थितबाट लागूऔषध गाँजा ४० किलोग्राम सहित १ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष ६० को गोरे लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८४० मिलिग्राम र मधेश प्रदेश ०३-०३७ प ६०३९ नम्बरको मोटरसाईकल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका-०३ बजनी टोल बस्ने बस्ने शिव शंकर प्रसाद यादव र सोही स्थानमा बस्ने देबराज साह कानुको छोरा बर्ष अन्दाजि २१ को बिशाल गुप्ता रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      पर्सा, बिरगंज महानगरपालिका-१५ भेडियाही बजरंग चोक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ७७० मिलिग्राम र प्र.०२-०३-००१ प ५६७० नम्बरको मोटरसाईकल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-१५ बस्ने सुरेश पटेलको छोरा बर्ष २३ को बिजय कुमार पटेल र सोही स्थानमा बस्ने संजय साह सुनारको छोरा बर्ष अन्दाजि १७ बिबेक कुमार साह रहेका छन् । प्रहरी चौकी भिस्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      बारा, पचरौता नगरपालिका-०७ बेनौली चौकदेखी पुर्व धानखेतको आलीबाटो स्थितबाट वेवारिसे लागूऔषध गाँजा १५१ किलोग्राम शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी श्रीनगर बैरीया र सशस्त्र प्रहरी BOP बेनौली बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।