फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-२२
- A
- A-
- A+
१.
सिरहा, बरियारपट्टी गाउँपालिका-०१ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने भागवत
यादवको छोरा अन्दाजि बर्ष ३२ को बिशो भन्ने विष्णुदेव यादवलाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा चोरी मुद्धामा
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२.
सप्तरी, खडक नगरपालिका-०४ पन्सेरा स्थितबाट फरार प्रतिवादी सोही स्थानमा
बस्ने हरिनारायण
साहको छोरा अन्दाजि बर्ष ३७ को संजय कुमार साह आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा कुटपिट मुद्धामा
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।