फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-२०
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट कुटपिट अंगभंग मुद्बाको फरार
प्रतिवादी बारा आदर्श कोतवाल गाउँपालिका-०३
भटिनिया बस्ने वर्ष ५० को महानन्द यादव र निजको छोरा वर्ष २० को क्रान्ती यादव, अभद्र
व्यवहार मुद्दाको फरार प्रतिवादी जिल्ला बारा कलैया उप-महानगरपालिका-१९ रघुनाथपुर
बस्ने जयप्रकाश पाण्डेको छोरा अन्दाजि बर्ष २५ को अभिनन्दन पाण्डे र ज्यान
मार्ने उधोग मुद्दाको फरार प्रतिवादी बारा महागढिमाई नगरपालिका-०८
धर्मपुर टोल बस्ने स्व. खेलायन राउतको छोरा अन्दाजि वर्ष ६५ को दुर्गा राउत अहिर र
निजको छोरा अन्दाजि बर्ष ३० को जियालाल राउत अहिर समेतलाई शुक्रबार
प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।