लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२२
- A
- A-
- A+
१. रौतहट,
चन्द्रपुर नगरपालिका-०४ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५.७७
ग्राम सहित
१ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा सोही
स्थानमा बस्ने ढाल बहादुर तामाङको छोरा अन्दाजि वर्ष २७ को प्रशान्त तामाङ रहेका
छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सन्तपुर रौतहटबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी
कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
नरहा गाउँपालिका-०५ स्थितबाट लागूऔषध ONEREX-१७ पिस र
स ९ प १३७३ नम्बरको मोटरसाईकल सहित २ जनालाई आईतबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका-०७
फुलबरिया टोल बस्ने अन्दाजि वर्ष ५५ को शम्भु साह र सोही स्थानमा बस्ने अन्दाजि
वर्ष ६५ को रनेश प्रसाद घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय नरहा सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।