लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२०
- A
- A-
- A+
१. पर्सा,
पकहामैनपुर गाउँपालिका-०१ धोरे स्थितबाट लागूऔषध गाँजा ११४.२५०
किलोग्राम र बा १८च ३६५७ नम्बरको कार सहित
१ जनालाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा जिल्ला धादिङ
बेनिघाट रोराङग गाउँपालिका-०८ बस्ने ईन्डलाल चेपाङको छोरा अन्दाजि बर्ष २१ को साजन
चेपाङ रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी धोरे पर्साबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र कार सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२. सिरहा,
लहान नगरपालिका-०७ पुरानो नगरपालिका स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ ३० मिलिग्राम सहित
१ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-१७ गोबिन्दपुर बस्ने सेवकलाल
चौधरीको छोरा अन्दाजि वर्ष १९ को प्रविण चौधरी रहेका छन् । प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।