लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-२१
- A
- A-
- A+
१. पर्सा,
पर्सागढी नगरपालिका-०३ स्थितबाट लागूऔषध गाँजा ४० किलोग्राम सहित
१ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष
६० को गोरे लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
पर्सा, बिरगंज
महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८४०
मिलिग्राम र मधेश प्रदेश ०३-०३७ प ६०३९ नम्बरको मोटरसाईकल
सहित
२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका-०३ बजनी टोल बस्ने बस्ने शिव
शंकर प्रसाद यादव र सोही स्थानमा बस्ने देबराज साह कानुको छोरा बर्ष अन्दाजि २१ को
बिशाल गुप्ता रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल
सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
३.
पर्सा, बिरगंज
महानगरपालिका-१५ भेडियाही बजरंग चोक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ १ ग्राम ७७० मिलिग्राम र प्र.०२-०३-००१ प
५६७० नम्बरको मोटरसाईकल सहित
२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-१५ बस्ने सुरेश पटेलको छोरा
बर्ष २३ को बिजय कुमार पटेल र सोही स्थानमा बस्ने संजय साह सुनारको छोरा बर्ष अन्दाजि
१७ बिबेक कुमार साह रहेका छन् । प्रहरी चौकी भिस्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. बारा,
पचरौता नगरपालिका-०७ बेनौली चौकदेखी पुर्व धानखेतको आलीबाटो स्थितबाट वेवारिसे लागूऔषध
गाँजा
१५१ किलोग्राम शनिबार राती प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी श्रीनगर बैरीया र
सशस्त्र प्रहरी BOP बेनौली बाराबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।