प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी

२०८३-०५-१९

  • A
  • A-
  • A+
Share


१.      पर्सा, बिरगंज महानगरपालिका-१६ नगवा पोखरी स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २.६३० ग्राम सहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला चितवन भतरपुर महानगरपालिका-१७ बस्ने लाल सिंह तामाङको तेस्रो लिङ्गी (छोरा छोरी नछुटिएको) अन्दाजि बर्ष २५ को युनिस तामाङ र पर्सा बिरगंज महानगरपालिका-०२ बस्ने प्रभु हजराको छोरा अन्दाजि बर्ष २१ को बिकि हजरा रहेका छन् । इलाका प्रहरी कार्यालय नगवा र वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      रौतहट, चन्द्रपुर नगरपालिका-०१ मंगलपुर स्थितबाट लागूऔषध एन्टीकफ ट्याब्लेट-२१ पिस, मेफ्रटाल स्पास ट्याब्लेट-२० पिस, Laborate ट्याब्लेट-२० पिस र खुल्ला रहेको-२० पिस सहित २ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने मोनी सहनीको छोरा अन्दाजि बर्ष २६ को राकेश सहनी र कन्चन सहनीको छोरा अन्दाजि बर्ष २४ को अरुण सहनी रहेका छन् । प्रहरी चौकी पोराई रौतहटबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      सर्लाही, लालबन्दी नगरपालिका-०८ गुम्बाटोल स्थितबाट लागूऔषध गाँजा ७८५ ग्राम, Spasmo-१६ पिस र Nitrazepam- ४१० पिस सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने डम्बर बहादुर गोलेको श्रीमती अन्दाजि बर्ष ५६ कि दिल कुमारी गोले रहेक छिन् । इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-१९

१.      महोत्तरी, सोनमा गाउँपालिका-०३ स्थितबाट फरार सोही स्थानमा बस्ने रेन्द्र कुमार यादवको छोरा अन्दाजि वर्ष २१ को सुमित कुमार यादबलाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरबनी महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      धनुषा, सबैला नगरपालिका-०३ बबैला बजार स्थितबाट फरार सबैला नगरपालिका-११ बस्ने जानकी यादवको छोरा अन्दाजि बवर्ष २१ को राहुल कुमार यादवलाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जबरजस्ती करणी सम्बन्धी मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सप्तरी, राजबिराज नगरपालिका-०७ स्थितबाट फरार तिलाठी कोईलाडी गाउँपालिका-०७ बस्ने अन्दाजि बर्ष ४५ की ममता सिंहलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय राजबिराज सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-१८

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी बारा जितपुरसिमरा उप-महानगरपालिका-०७  जितपुर चोक बस्ने सुकदेव प्रसाद साहको छोरा अन्दाजि बर्ष ३५ को रामजी कुमार साह, बैकिङ्ग कसुर मुद्दाको फरार प्रतिवादी बारा जितपुरसिमरा उप-महानगरपालिका-०२ बस्ने भोला मुखियाको छोरा अन्दाजि बर्ष ५१ को बिहारी मुखिया र लागूऔषध  मुद्दाको फरार प्रतिवादी सिमरा उप-महानगरपालिका-८ गम्हरगावा बस्ने लक्षमण राउत कुर्मिको छोरा बर्ष अन्दाजि बर्ष ५० को अमित राउत कुर्मी समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, लालबन्दी नगरपालिका-०२ स्थितबाट फरार सोही स्थानमा बस्ने प्रितम पासवानको छोरा अन्दाजि बर्ष ५० को ईन्दल पासवानलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा कर्तब्य ज्यान मुद्दामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      धनुषा जिल्लाका बिभिन्न स्थानबाट किर्ते सम्बन्धि मुद्दाको फरार प्रतिवादी धनुषा सबैला नगरपालिका-१० बस्ने राजिन्द्र यादवको छोरा वर्ष अन्दाजि ४५ को श्याम कुमार यादव, ठगी मुद्दाको फरार प्रतिवादी जनकपुर उप-महानगरपालिका-१२ बस्ने सत्य नारायण राउतको छोरा अन्दाजि बर्ष ३१ को रोशन राउत र आत्मा हत्या दुरुत्साहन मुद्दाको फरार प्रतिवादी धनुषा बटेश्वर गाउँपालिका-०२ बस्ने बैजनाथ ठाकुरको छोरा वर्ष अन्दाजि ३५ को सन्तोष ठाकुर समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी, शम्भुनाथ नगरपालिका-०७ देबधार स्थितबाट फरार सोही स्थानमा बस्ने बर्ष अन्दाजि ४२ को लुद्रा भन्ने ओम प्रकाश बिश्वकर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कठौना सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी अंगभंग मुद्दामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-१८

१.      बारा, कलैया उप-महानगरपालिका-०६ माछा बजार स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.१६ ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उप-महानगरपालिका-०४ बस्ने  फिरोज अंसारीको छोरा अन्दाजि वर्ष १८ को समिर अंसारी र बारा कलैया उप-महानगरपालिका-०५ बस्ने ललन कुमार साहको छोरा अन्दाजि वर्ष २२ को राजन कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धनुषा, नगराईन नगरपालिका-०५ खिरखिरिया जाने भित्री बाटोबाट बेवारिसे लागूऔषध गाँजा १०७.९९८ किलोग्राम बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लग्माजटही धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-१७

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट बैकिङ्ग कसुर मुद्दाको फरार प्रतिवादी बारा जितपुरसिमरा उप-महानगरपालिका-०१ पानिट्याङकि बस्ने वर्ष ४० राम हरी भण्डारी, लेनदेन बिगो सम्बन्धी मुद्दाको फरार प्रतिवादी बारा फेटा गाउँपालिका-०२ जगतपुर बस्ने अन्दाजि वर्ष ५५ को पन्नालाल राउत कुर्मि र अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी सिमरा उप-महानगरपालिका-७ खलका टोल अन्दाजि बर्ष २७ को संजय सहनी मलाह समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी जिल्लाका बिभिन्न स्थानबाट बैकिङ्ग मुद्दाको फरार प्रतिवादी महोत्तरी गौशाला नगरपालिका-०६ बस्ने बिलट ठाकुर हजामको छोरा बर्ष अन्दाजि ५५ को बद्री ठाकुर र ठगि तथा अपराधिक विश्वसघात सम्बन्धित कसुर मुद्दाको फरार प्रतिवादी महोत्तरी सोनमा गाउँपालिका-०३ बस्ने लाल बाहदुर मण्डल खत्बेको छोरा बर्ष अन्दाजि १६ को गणेश मण्डल समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, कल्याणपुर नगरपालिका-१२ स्थितबाट फरार सोही स्थानमा बस्ने नथुनी साहको छोरा अन्दाजि बर्ष ४६ को अशोक कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेल्हा सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी, राजबिराज नगरपालिका-०६ स्थितबाट फरार सोही स्थानमा बस्ने मुन्नी देवी साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय राजबिराज सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा कर्तव्य ज्यान मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-१७

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ रजतजयन्ती चौकबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३१० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उप-महानगरपालिका-०२ बस्ने उमेश यादवको छोरा अन्दाजि बर्ष १९ को दिपक यादव र बारा कलैया उप-महानगरपालिका-०४ बस्ने हिरालाल ठाकुरको छोरा अन्दाजि बर्ष १९ को दिपक ठाकुर रहेका छन् । प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, मिर्चैया नगरपालिका-०६ कटारी चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका-०५ बस्ने केशबलाल साहको छोरा बर्ष २० को रमेश कुमार साह, मिर्चैया नगरपालिका-०३ बस्ने बिनोद कुमार ठाकुरको छोरा बर्ष २३ को अजय ठाकुर र सर्लाही हरीपुर्बा नगरपालिका-०६ हरीपुर्बा बस्ने नथुनी राय यादवको छोरा बर्ष २४ को राज कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।