लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-१६
- A
- A-
- A+
सर्लाही, ब्रहम्पुरी गाउँपालिका-०१ स्थितबाट लागूऔषध ASPAM 10-३० पिस र Aspas capsule- २ पिस सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने मन्सुर अन्सारीको छोरा अन्दाजि बर्ष १८ को दिलसाद अन्सारी रहेका छन् । प्रहरी चौकी ब्रहम्पुरी सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।