लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-१८
- A
- A-
- A+
१. बारा,
कलैया उप-महानगरपालिका-०६ माछा बजार स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ १.१६ ग्राम सहित
२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा बारा कलैया उप-महानगरपालिका-०४ बस्ने फिरोज अंसारीको छोरा अन्दाजि वर्ष १८ को समिर
अंसारी र बारा कलैया उप-महानगरपालिका-०५ बस्ने ललन कुमार साहको छोरा अन्दाजि वर्ष
२२ को राजन कुमार साह रहेका
छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट
खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनुषा, नगराईन नगरपालिका-०५ खिरखिरिया जाने भित्री बाटोबाट बेवारिसे लागूऔषध गाँजा १०७.९९८ किलोग्राम बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लग्माजटही धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।