फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-१६
- A
- A-
- A+
१.
बारा, जितपुरसिमरा उप-महानगरपालिका-२३ भलुही स्थितबाट फरार प्रतिवादी पर्सा बिरगंज महानगरपालिका-१९
बस्ने वीर बहादुर राउतको छोरा अन्दाजि बर्ष ३० को राजेश प्रसाद यादबलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
जितपुरसिमरा बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बैकिङ्ग कसुर
मुद्दामा फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. धनुषा
जिल्लाका बिभिन्न स्थानबाट ठगी मुद्दाको
फरार प्रतिवादी धनुषा सबैला नगरपालिका-०६ गोबिन्दपुर बस्ने अन्दाजि
वर्ष ३५ को प्रदिप साह र बैंकिङ्ग कसुर मुद्दाको फरार प्रतिवादी रौतहट राजदेवी न.पा. ७ घर भई हाल जिल्ला धनुषा
जनकपुर उप-महानगरपालिका-०८ बस्ने अन्दाजि वर्ष ३२ को सुबेक कुमार यादव समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, गोलबजार नगरपालिका-१३ डग्राहा टोलबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने श्रीराम
महतोको श्रीमती अन्दाजि बर्ष ४५ की बिदेश्वरी महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ज्यान मार्ने उद्योग
तथा अंगभंग मुद्दामा फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. सप्तरी
जिल्लाका बिभिन्न स्थानबाट यौन दुर्व्यवहार मुद्दाको
फरार प्रतिवादी सप्तरी बोदेबर्साईन नगरपालिका-०९ स्वर्णपट्टी बस्ने गरछाई महतोको छोरा अन्दाजि बर्ष ६० को
लक्ष्मण महतो र सवारी ज्यान मुद्दाको फरार
प्रतिवादी सप्तरी
खडक नगरपालिका-०८ बिसनपुर बस्ने मो. गुलाब हुसेनको छोरा अफरोज मिया भन्ने मो. अफरोज
समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।